लोप हुँदै थारु समुदायको ‘ढकिया’
दाङ । थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताले ढकिया बुन्ने पेसा नअपनाउँदा लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन् ।
नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर निर्माण गर्नतर्फ प्रेरित गर्नसकेमा मात्रै यो संरक्षण हुनसक्ने थारु अगुवा खुसीराम चौधरीले बताए । “ढकिया थारुको पहिचानसँग जोडिएको छ, यसलाई संरक्षण गर्न नयाँ पुस्ताले चासो दिनुपर्छ”, उनले भने, “त्यसका लागि स्थानीयर तह तथा सरोकार भएका निकायले सीपमूलक तालिम दिन आवश्यक छ ।”
थारु समुदायले पूजाआजासहित विभिन्न शुभकार्य, विवाहमा दाइजो तथा मृत्युवरणका बेला दानका रूपमा ढकिया दिने चलन छ । थारु अगुवा रुपलाल चौधरीका अनुसार कुनै औपाचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि ढकियाको प्रयोग गर्ने गरिन्छ । “ढकियाले थारुको पहिचान झल्काउँछ”, उनले भने।
दाङमा थारु समुदायको बाहुल्यता रहेको जिल्ला भए पनि यहाँका थारु समुदायले ढकिया बुन्न छोडेको रुपलालको भनाइ छ । उनले ढकियालाई दाङको चिनोका रुपमा विकास गर्नुपर्ने बताए । “दाङ थारुहरुको बाहुल्यता भएको जिल्ला हो”, उनले भने, “त्यसैले प्रदेश तथा स्थानीय सरकारले पहल लिएर ढकियालाई दाङको चिनोका रूपमा विकास गर्नुपर्छ ।” वनमा पाइने काँस र मुज घाँसबाट ढकिया निर्माण गरिन्छ ।
ढकिया निर्माणसम्बन्धी तालिम, व्यावसायिक उत्पादनका लागि आर्थिक सहयोग, बजारीकरणलगायत क्षेत्रमा स्थानीय सरकार र अन्य सरोकार भएका निकायले समन्वय गरी युवा पुस्तामा यसप्रति आकर्षण बढाउनुपर्नेमा रुपलालले जोड दिए । युवा पुस्ताको सहभागितामा ढकिया संरक्षण गर्दै स्वरोजगारका अवसर सिर्जना गर्न सकिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
-
प्रत्यक्ष फुटबल हेर्न इन्फान्टिनोको भागदौड, अत्यधिक उडानकै कारण प्रदूषणकारी बन्दैछ विश्वकप
-
एसिड आक्रमणमा दृष्टिविहीन हुनबाट बचेका विस्साको कंगोका लागि ऐतिहासिक गोल गर्ने
-
सरकारको नियतमाथि राप्रपाले उठायो प्रश्न, ईभी काण्डमा संसदीय छानबिन समिति माग
-
लगातार वर्षासँगै मेची राजमार्गमा पहिरो, इलाम सदरमुकाम जाने सडक जोखिमयुक्त
-
रास्वपाको महाधिवेशनमा मित्र राष्ट्रलाई छैन निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण