शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

तीन पूर्वअध्यक्षसहितका नेताद्वारा राप्रपाको केन्द्रीय समिति बैठक बहिष्कार

शुक्रबार, ०५ असार २०८३, १३ : ३०
शुक्रबार, ०५ असार २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक तीन पूर्वअध्यक्षसहितका नेताहरूले बहिष्कार गरेका छन् ।
  • पूर्वअध्यक्ष पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापासहितका नेताहरू बैठकमा अनुपस्थित रहे ।
  • उनीहरूले केन्द्रीय समिति सदस्यबाहेक अन्य व्यक्तिलाई पनि बैठकमा सहभागी गराइएको भन्दै बैठक बहिष्कार गरेका हुन् ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक तीन पूर्वअध्यक्षसहितका नेताहरूले बहिष्कार गरेका छन् ।

पार्टीका एक नेताले पूर्वअध्यक्षत्र पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापासहित उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, कार्यसम्पादन समिति सदस्य अर्जुन राई, हरिबहादुर बस्नेत, सहायक प्रवक्ता प्रवीण थोकर, सहायक महामन्त्री प्रेमबहादुर रैयार, सहायक महामन्त्री ऋषि देवकोटा, सह–महामन्त्री रीना गुरुङलगायतका केन्द्रीय सदस्यहरू बैठकमा अनुपस्थित रहेको जानकारी दिए । 

उनीहरूले केन्द्रीय समिति सदस्यबाहेक अन्य व्यक्तिलाई पनि बैठकमा सहभागी गराइएको भन्दै बैठक बहिष्कार गरेको बताएका छन् । उनीहरुले बैठकमा केन्द्रीय सदस्यलाई मात्रै सहभागी गराउनुपर्ने भएपनि चुनाव हारेकाहरुलाई समेत सहभागी गराइएको भन्दै आक्रोश पोखेका छन् । 

बहिष्कारमा सहभागी केन्द्रीय सदस्य जनकराज पाठकले पार्टीको विधि र विधानविपरीत केन्द्रीय समिति सदस्यभन्दा बाहिरका व्यक्तिलाई उपस्थित गराएर बैठक सञ्चालन गर्न लागिएकाले आफूहरू बैठकमा सहभागी नभएको बताए ।

बैठक बहिष्कार गर्ने पक्षले पार्टीको आन्तरिक प्रक्रिया र विधानको पालना हुनुपर्ने मागसमेत गरेको छ । बहिकारका बिच राजधानीमा राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप