शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

‘हेलो पूर्वाधार’ सेवा सञ्चालनमा, सडकदेखि खानेपानीसम्मका समस्या फोनमै टिपाउन सकिने

शुक्रबार, ०५ असार २०८३, १५ : ३९
शुक्रबार, ०५ असार २०८३

सारांश

  • पूर्वाधार विकास मन्त्रालयले सडक, पुल, खानेपानी जस्ता समस्याको गुनासो वा सुझावका लागि ‘हेलो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ ।
  • यो सेवामार्फत जनताले ११२० नम्बरमा फोन गरेर वा सामाजिक सञ्जालमार्फत आफ्ना समस्या टिपाउन सक्नेछन् ।
  • मन्त्री सुनिल लम्सालका अनुसार कार्यालय समयमा कार्यालयसम्बन्धी गुनासो र अन्य गुनासो २४ घण्टा नै गर्न सकिनेछ ।

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले ‘हेलो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ । सडक, पुल, खानेपानी लगायतका समस्याको सुनुवाइ गर्न मन्त्रालयले ‘हेलो पूर्वाधार’ सेवा सेवा सञ्चालनमा ल्याइएका जनाएको छ । 

मन्त्री सुनिल लम्सालका अनुसार मन्त्रालयले प्रदान गर्ने सेवा र सार्वजनिक सरोकारका विषयमा गुनासो वा सुझाव भएमा हेलो पूर्वाधारको फोन(११२०) र सामाजिक सञ्जालमार्फत टिपाउन सकिनेछ ।

टोल फ्री नम्बरमा कार्यालय समय, अन्य गुनासो २४ सै घण्टा गर्न सकिने मन्त्री लम्सालले जानकारी दिए । 

जनताको सरकार,जनताकै सेवामा समर्पित रहेको मन्त्री लम्सालको भनाइ छ । 

726294989_4042569226041295_6071445032865956030_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप