राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
सारांश
- बागमती प्रदेशकी दीक्षा राईले तेस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिताको महिला ५४ देखि ५७ केजी तौल समूहको फाइनलमा स्थान बनाएकी छन्।
- सेमिफाइनलमा दीक्षाले कोशी प्रदेशकी प्रविना राईलाई हराइन् र अब फाइनलमा गण्डकीकी निशा थापासँग प्रतिस्पर्धा गर्नेछिन्।
- प्रतियोगितामा एमेच्योर र सेमि प्रोफेसनल विधामा पुरुषतर्फ १४ र महिलामा आठ तौल समूहमा कुल एक सय सात खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।
काठमाडौँ । बागमती प्रदेशकी दीक्षा राईले काठमाडौँमा सुरु भएको तेस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिताको फाइनलमा स्थान बनाएकी छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आइतबारदेखि भएको प्रतियोगिताको महिला ५४ देखि ५७ केजी तौल समूहमादीक्षा फाइनलमा पुगेकी हुन्।
सेमिफाइनलमा उनले कोशी प्रदेशकी प्रविना राईलाई हराइन् । कुल तीन राउण्डको प्रतिस्पर्धामा प्रविनाले चुनौती दिने प्रयास गरे पनि सफल भइनन् । एक राउण्डमा दुई मिनेटको प्रतिस्पर्धा भएको थियो ।
दिक्षाले अब फाइनलमा गण्डकी निशा थापालाई चुनौती दिनेछिन् । पराजित भएकी प्रविना तेस्रो भइन् । नेपाल राष्ट्रिय मुवाँथाई सङ्घको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ ५७ देखि ६० केजी तौल समूहमा लुम्बिनी प्रदेशका प्रलाद मल्ल, गण्डकी प्रदेशका विश्वास पौडेल, कोशी प्रदेशका दीपेश राई र गण्डकी प्रदेशका एवोन बास्तोलाले सेमिफाइनलमा स्थान बनाएका छन् ।
दीपेशले बागमती प्रदेशका सुमितकुमार गैरेलाई र विश्वासले लुम्बिनी सम्राट केसीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । प्रल्हाद र एवोनले बाई पाएका हुन् । पुरुष ५१ देखि ५४ केजी तौल समूहमा कोशीका सञ्जीव राई र गण्डकीका दीप्सन खत्री फाइनलमा पुगेका छन्।
सेमिफाइनलमा कोशीका सञ्जीवले बागमतीका आकृष पोडीलाई र दीपसनले बागमतीका याङ्गु तामाङलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । ५४ देखि ५७ केजी तौल समूहमा सुमिन जिसी स्वर्ण पदकका लागि स्थान बनाए। सुमिनले बागमतीका अपूर्व राईलाई हराए । ४८ देखि ५१ केजी तौल समूहमा बागमतीका मन्दीप क्षेत्री र गण्डकीका रोहन भण्डारीले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल राष्ट्रिय मुवाँथाई सङ्घका अध्यक्ष गणेशलाल कक्षपतीले प्रतियोगिताको उद्घाटन गरेका थिए । अध्यक्ष कक्षपतीले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीले उल्लेखनीय प्रदर्शन गर्दै मुवाँथाई खेलको लोकप्रियता बढ्दै गएको बताए।
यो प्रतियोगिता दुई दिनसम्म चल्नेछ । प्रतियोगितामा एमेच्योर र सेमि प्रोफेसनल विधामा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ १४ र महिलामा आठ तौल समूहमा प्रतिस्पर्धा हुने सङ्घका अध्यक्ष कक्षपतिले जानकारी दिए । सबै तौल समूहमा एमेच्योर र सेमी प्रोफेसनल विधामा प्रतिस्पर्धा हुनेछन् । कम्तीमा पाँच वटा फाइट खेलिसकेका खेलाडीले मात्र सेमी प्रोफेसनल विधामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
एक विभागीय टोली एपिएफसहित सात प्रदेशका कुल एक सय सात खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । १८ वर्षमाथिका खेलाडीले मात्र प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ।
पुरुषतर्फ ४८ केजीसमूहमा, ५१ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६३ केजी, ६६ केजी, ७० केजी, ७२ केजी, ७६ केजी, ८२ केजी, ८६ केजी, ९१ केजी र ९१ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुने भएका छन्।
महिलामा भने ४८ केजी तौल समूह, ५१ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६३ केजी, ६६ केजी र ६६ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुने सङ्घले उल्लेख गरेको छ । हरेक तौल समूहका विजेता खेलाडीले पदक पाउनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण