सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

केप भर्डेको पुनरागमन: हेलियो वरेलाको गोलसँगै उरुग्वेविरुद्ध स्कोर २–२

सोमबार, ०८ असार २०८३, ०५ : १९
सोमबार, ०८ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत मियामी स्टेडियममा जारी उरुग्वे र केप भर्डेबीचको खेल २-२ को बराबरीमा पुगेको छ ।
  • खेलको ६१ औं मिनेटमा केप भर्डेका मिडफिल्डर हेलियो वरेलाले गोल गर्दै टोलीलाई खेलमा फर्काएका छन् ।
  • यसअघि केप भर्डेले २१ औं मिनेटमा केभिन पिनाको गोलबाट अग्रता लिएको थियो, तर उरुग्वेले पहिलो हाफमा दुई गोल गर्दै २-१ को अग्रता बनाएको थियो ।

काठमडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत मियामी स्टेडियममा जारी उरुग्वे र केप भर्डेबीचको खेल रोमाञ्चक बराबरीको स्थितिमा पुगेको छ । पहिलो हाफमा २–१ ले पछि परेको केप भर्डेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई २–२ को बराबरीमा ल्याएको हो ।

खेलको ६१ औं मिनेटमा केप भर्डेका मिडफिल्डर हेलियो वरेलाले सानदार गोल गर्दै टोलीलाई खेलमा फर्काएका छन् । उरुग्वेको रक्षापंक्तिलाई छिचोल्दै वरेलाले गरेको यो गोलसँगै मियामी स्टेडियममा रहेका केप भर्डेका समर्थकहरूमा खुसीयाली छाएको छ ।

यसअघि केप भर्डेले २१ औं मिनेटमा केभिन पिनाको गोलबाट अग्रता लिएको थियो, तर पहिलो हाफको अन्त्यतिर उरुग्वेले दुई गोल गर्दै २–१ को अग्रता बनाएको थियो । अहिले दोस्रो हाफको खेल जारी छ र स्कोर २–२ को बराबरीमा रहेको छ ।

दुवै टोली समूह चरणमा महत्त्वपूर्ण ३ अंक जोड्ने लक्ष्यका साथ मैदानमा निकै आक्रामक देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप