सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता

सोमबार, ०८ असार २०८३, ०४ : ४१
सोमबार, ०८ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एच' को खेलमा उरुग्वेले पहिलो हाफमा केप भर्डविरुद्ध २-१ को अग्रता बनाएको छ ।
  • विश्वकपमा पहिलो पटक खेलिरहेको केप भर्डले २१औं मिनेटमा केभिन पिनाको गोलबाट ऐतिहासिक अग्रता लिएको थियो ।
  • उरुग्वेले खेलको अन्तिम ६ मिनेटमा म्याक्सिमिलियानो आराउजो र अगस्टिन कानोबियोको गोलबाट खेललाई २-१ मा परिणत गर्‍यो ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा अनुभवी उरुग्वेले पहिलो हाफमा केप भर्डेविरुद्ध २–१ को महत्त्वपूर्ण अग्रता बनाएको छ । मियामी स्टेडियममा भएको खेलमा केप भर्डेले सुरुवाती ऐतिहासिक अग्रता जोगाउन नसक्दा पहिलो हाफमा उरुग्वे हाबी देखिएको हो ।

पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले खेलको २१ औँ मिनेटमा सनसनी मच्चाएको थियो । मिडफिल्डर केभिन पिनाले २५ यार्ड टाढाबाट प्रहार गरेको उत्कृष्ट फ्री–किक गोलमा परिणत भएपछि केप भर्डेले विश्वकप इतिहासकै आफ्नो पहिलो गोल दर्ता गर्दै १–० को ऐतिहासिक अग्रता लिएको थियो ।

१–० ले पछि परेको उरुग्वेले पहिलो हाफको अन्तिम ६ मिनेटमा खेललाई पूरै उल्टाइदियो । खेलको ४४ औँ मिनेटमा म्याक्सिमिलियानो आराउजोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि, पहिलो हाफको अतिरिक्त समयको पाँचौँ मिनेटमा अगस्टिन कानोबियोले गोल गरेपछि उरुग्वेले २–१ को अग्रता लिन सफल भयो ।

पहिलो हाफमा केप भर्डेका गोलरक्षक भोजिन्हाले केही राम्रा बचाउ गरे पनि अन्तिम समयमा डिफेन्समा देखिएको कमजोरीका कारण उरुग्वेले दुई गोल फर्काउने मौका पायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप