'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
ललितपुर । चलचित्रकर्मीहरूका लागि मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
ह्युमन राइट्स फिल्म सेन्टरले राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र विकास बोर्ड र चलचित्र निर्देशक समाजसँगको सहकार्यमा सोमबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य माननीय लिली थापाले मानव अधिकारको रक्षा र प्रवर्द्धनमा कला र संस्कृतिको भूमिका महत्त्वपूर्ण हुने बताइन् । उनले चलचित्रकर्मीहरूलाई समाजका विभिन्न पक्षलाई अधिकारको दृष्टिकोणबाट हेर्न र सिर्जनामार्फत सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरिन् ।
आयोगका सचिव मुरारी खरेलले आधारभूत मानव अधिकारका सिद्धान्त, अभिव्यक्ति स्वतन्त्रता, लैङ्गिक समानता, बाल अधिकार, गोपनीयताको हक र गैर–भेदभावको विषयमा विशेष प्रस्तुति दिएका थिए । उनले चलचित्रको माध्यमबाट मानव अधिकारको सम्मान गर्ने संस्कृतिको विकास गर्न सकिने उल्लेख गरे ।
कार्यक्रममा सहभागी निर्देशक, निर्माता, लेखक र कलाकारहरूले सिनेमा केवल मनोरञ्जनको साधन मात्र नभई सामाजिक रूपान्तरणको शक्तिशाली हतियार भएकोमा जोड दिएका थिए । उनीहरूले सामाजिक मुद्दाहरूलाई चलचित्रमा उतार्दा अनावश्यक सेन्सरसिपमा पर्नुपर्ने समस्याबारे चिन्ता व्यक्त गर्दै सिर्जनात्मक स्वतन्त्रताको रक्षा हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा चलचित्रकर्मीहरूको उपस्थिति थियो । आयोजक संस्थाले सहकार्य गर्ने सम्पूर्ण साझेदार, अतिथि र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै सिनेमाको शक्तिबाट मानव अधिकारको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण