मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति

सोमबार, ०८ असार २०८३, २२ : ४३
सोमबार, ०८ असार २०८३

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा यस वर्ष संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययन गर्ने २२२ जना विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् ।

उपमहानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन आह्वान गरेकामा ८९६ जना विद्यार्थीको आवेदन परेको शिक्षा विकास महाशाखा प्रमुख हरिश्चन्द्र सापकोटाले जानकारी दिए ।

आवेदन दिएका विद्यार्थीका लागि छात्रवृत्तिको परीक्षा सञ्चालन गरी संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८३ अनुसार २२२ जनालाई सिफारिस गरिएको उनले बताए ।

सिफारिस गरिएकामध्ये १०४ जना मकवानपुर जिल्ला बाहिरका विद्यार्थीहरू रहेका शिक्षा महाशाखाले जनाएको छ । संस्थागत विद्यालयले विद्यार्थी सङ्ख्याका आधारमा १० देखि १५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप