रास्वपा प्रथम महाधिवेशन : अझै सुरु भएन प्रतिनिधि परिचयपत्र वितरण
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ ।
- प्राविधिक कारणले बन्दसत्र एक दिन ढिलाइ भएको र प्रतिनिधि परिचयपत्र वितरण पनि सुरु हुन सकेको छैन ।
- परिचयपत्र वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिनेछ, जसमा अनुशासन आयोग र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिनेछ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ । सोमबार बिहान ८:३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको हो ।
यसका लागि आज बिहान ७:०० बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिने भनिए पनि बिहान ८ बजेसम्म पनि वितरण कार्य सुरु भएको छैन । आयोगका पदाधिकारी र पार्टीका महामन्त्री, सहमहामन्त्रीलगायत छ्लफलमा जुटेकोले परिचयपत्र वितरण छिट्टै सुरु हुने बताइएको छ ।
राति छपाइ भएका कार्ड प्रदेशमार्फत वितरण गरिने प्रवक्ता मनिष झाले जानकारी दिए । सात प्रदेश र समायोजन एवं प्रवाषका कार्ड फरक फरक ठाउँबाट सहज रुपमा वितरण गरिने पार्टीले जनाएको छ ।
कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसमा छलफल हुनेछ । सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण