अशोक राईले दिए नयाँ पार्टी दर्ताका लागि निवेदन
सारांश
- अशोककुमार राई नेतृत्वको समूहले 'समाजवादी पार्टी' दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
- सर्वोच्च अदालतको फैसलाले यसअघि गठन गरेको जसपालाई कानुनी मान्यता नदिएपछि राई पक्ष पार्टीविहीन बनेको थियो ।
- नयाँ पार्टीले नेपाली विशेषता अनुरूपको समाजवादलाई राजनीतिक ध्येय बनाएको छ ।
काठमाडौँ । अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राई नेतृत्वको समूहले सोमबार निर्वाचन आयोगमा ‘समाजवादी पार्टी’ दल दर्ताका लागि निवेदन दिएको हो ।
अशोक राई अध्यक्ष रहेको पार्टीको उपाध्यक्षहरूमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दान बहादुर विश्वकर्मा रहेका छन् । त्यस्तै शरण कुमार राई उपमहासविच तथा सचिव पदमा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भिम बहादुर तामाङ रहेका छन् ।
अध्यक्ष राईले ८ जना पदाधिकारी सहित २८ जनाको केन्द्रीय समिति सदस्यहरूको नामावली सहित दल दर्ताका लागि निवेदन दिएका हुन् ।
यसअघि अशोक राईको समूहले उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी, नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गरेको थियो । सो पार्टी फुटविरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा पार्टीफुट गैरकानूनी भएको भन्दै सोविरुद्ध मुद्दा दिएका थिए । सोही मुद्दाको फैसला बमोजिम सर्वोच्चले अशोक राई नेतृत्वको जसपालाई कानुनी मान्यता नदिएपछि अशोक राईको समूह पार्टी विहीन बन्न पुगेको थियो ।
त्यसपछि राई पक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो ।
पार्टी दर्ताबारे अध्यक्ष अशोककुमार राईले संक्षिप्त मन्तव्य दिँदै भने –‘हामी साङ्गठनिक एवम् राजनीतिक रूपमा प्रतिबद्ध र सङ्गठित नै छौँ, केवल सर्वोच्च अदालतको फैसलासँगै पार्टीको कानुनी अस्तित्वमा समस्या देखिएपछि तत्काल नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हौँ’।
नेपाली विशेषता अनुरूपको समाजवादलाई आफ्नो राजनीतिक ध्येय बनाएको समाजवादी पार्टीले समावेशी लोकतन्त्र, सामाजिक न्यायसहितको सङ्घीयता, समृद्धि र सुशासनलाई राजनीतिक कार्यदिशाको रूपमा अघि बढाउने नवगठित पार्टीका सचिव मनिकर कार्कीले बताए । साथै उनले निर्वाचन अयोगबाट औपचारिक मान्यता पाएपछि संगठन निर्माण र पार्टी विस्तारलाई अभियानात्मक रूपमा देशव्यापी लैजाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतीय केन्द्रीय राज्यमन्त्री जर्ज कुरियनद्वारा राजीनामा, मोदी मन्त्रिपरिषद्मा हेरफेरको सम्भावना
-
गर्मीले रास्वपा महाधिवेशनका क्रममा दुई जना बेहोस
-
महाधिवेशन प्रतिनिधिहरूलाई कडाइका साथ चेकजाँच गरेर बन्दसत्र हलभित्र पठाइँदै, तस्बिरहरू
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण