अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
सारांश
- अल्जेरियाले फिफा विश्वकप २०२६ को छनोट खेलमा जोर्डनलाई २-१ ले पराजित गर्दै पहिलो जित निकालेको छ।
- जोर्डनले ३६औं मिनेटमा निजार अल-राशदानको गोलबाट अग्रता लिएको थियो, तर अल्जेरियाले दोस्रो हाफमा नासिम बेनबाउली र अमिन गुइरीको गोलबाट पुनरागमन गर्यो।
- यो जितसँगै अल्जेरियाले नकआउट चरणको सम्भावना जीवित राखेको छ भने जोर्डन लगातार दोस्रो हार बेहोर्दै दबाबमा परेको छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अल्जेरियाले शानदार पुनरागमन गर्दै जोर्डनलाई २–१ ले पराजित गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफमा पछि परेको अल्जेरियाले दोस्रो हाफमा दुई गोल गर्दै महत्वपूर्ण तीन अंक बटुलेको हो।
जोर्डनले खेलको ३६औँ मिनेटमा निजार अल–राशदानको गोलमार्फत अग्रता लिएको थियो। मौसा अल–तमारीको पासमा उनले गोल गर्दै जोर्डनलाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफ यही नतिजामा सकिएको थियो।
दोस्रो हाफमा अल्जेरियाले उत्कृष्ट पुनरागमन गर्यो। खेलको ६९औँ मिनेटमा नासिम बेनबाउलीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। उक्त गोलका लागि रियाद महरेज ले निर्णायक पास उपलब्ध गराएका थिए।

त्यसपछि ८२औँ मिनेटमा अमिन गुइरीले विजयी गोल गर्दै अल्जेरियालाई २–१ को अग्रता दिलाए। अन्तिम समयमा जर्डनले बराबरी गोलको प्रयास गरे पनि सफल हुन सकेन।

यो जितसँगै अल्जेरियाले प्रतियोगितामा पहिलो अंक जोड्दै नकआउट चरणको सम्भावना जीवित राखेको छ भने जोर्डन लगातार दोस्रो हारसँगै दबाबमा परेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय केन्द्रीय राज्यमन्त्री जर्ज कुरियनद्वारा राजीनामा, मोदी मन्त्रिपरिषद्मा हेरफेरको सम्भावना
-
गर्मीले रास्वपा महाधिवेशनका क्रममा दुई जना बेहोस
-
महाधिवेशन प्रतिनिधिहरूलाई कडाइका साथ चेकजाँच गरेर बन्दसत्र हलभित्र पठाइँदै, तस्बिरहरू
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण