अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
सारांश
- अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध ६० दिनका लागि अस्थायी रूपमा हटाएको छ ।
- स्विट्जरल्यान्डमा भएको वार्तामा इरानले आणविक निरीक्षकहरूलाई पुनः प्रवेश दिन सहमत भएको अमेरिकी दाबी इरानले अस्वीकार गरेको छ ।
- यो छुटले इरानी तेल प्रत्यक्ष रूपमा अमेरिकामा समेत आयात गर्न सकिने र बैंकिङ कारोबार, बीमा तथा ढुवानी सेवामा समेत सहजता ल्याउनेछ ।
वाशिङटन डीसी । अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा भएको पहिलो चरणको वार्तापछि अमेरिकाले इरानमाथिको तेलसम्बन्धी केही प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ । तर इरानले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको आणविक निरीक्षकहरूलाई पुनः प्रवेश दिन सहमत भएको दाबी अस्वीकार गरेको छ ।
स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा भएको वार्तापछि भान्सले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूसँगको प्रक्रिया छिटोमा आजैदेखि सुरु हुन सक्ने भनेका थिए । तर इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सरकारी समाचार संस्था आईआरएनएसँग कुरा गर्दै इरानले आणविक निरीक्षणबारे कुनै नयाँ प्रतिबद्धता नगरेको बताए ।
वार्ताका मध्यस्थकर्ता कतार र पाकिस्तानले जारी गरेको संयुक्त वक्तव्यमा अमेरिका र इरानले ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने मार्गचित्र तयार गरेको उल्लेख छ । वार्ताले धेरै राम्रो आधार तयार गरेको भान्सले बताएका छन् । उनका अनुसार दुवै पक्षले स्टेट अफ होर्मुज पुनः पूर्ण रूपमा खुला राख्ने तथा क्षेत्रीय युद्ध विराम कायम राख्ने विषयमा पनि छलफल गरेका थिए ।
अमेरिकी वित्त मन्त्रालयले जारी गरेको ६० दिने विशेष छुटले इरानलाई अमेरिकी डलरमा तेल तथा पेट्रोकेमिकल पदार्थ उत्पादन, बिक्री र ढुवानी गर्न अनुमति दिएको छ । यो छुट आगामी अगस्ट २१ सम्म लागू रहनेछ। यस अवधिमा इरानी तेल प्रत्यक्ष रूपमा अमेरिकामा समेत आयात गर्न सकिने व्यवस्था गरिएको छ । यसले बैंकिङ कारोबार, बीमा तथा ढुवानी सेवामा समेत सहजता ल्याउनेछ । विगतमा इरानले प्रतिबन्ध छल्न जटिल नेटवर्कहरू प्रयोग गर्दै आएको थियो ।
अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले प्रतिबन्ध खुकुलो बनाउने निर्णयको बदलामा इरानले स्टेट अफ होर्मुज खुला राख्ने र आईएईएका निरीक्षकहरूलाई पुनः प्रवेश दिन सहमति जनाएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत इरान महत्त्वपूर्ण हतियार निरीक्षण स्वीकार गर्न तयार भएको दाबी गरेका छन् । तर इरानले अमेरिकी दाबीलाई अस्वीकार गर्दै कुनै नयाँ सहमति नभएको स्पष्ट पारेको छ । प्रवक्ता बाकाईका अनुसार संयुक्त राष्ट्रसंघीय निरीक्षकहरूसँगको कुनै पनि सहकार्य संसद र सर्वाेच्च राष्ट्रिय सुरक्षा परिषद्ले तय गरेका विद्यमान नियमहरूअनुसार मात्र हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय केन्द्रीय राज्यमन्त्री जर्ज कुरियनद्वारा राजीनामा, मोदी मन्त्रिपरिषद्मा हेरफेरको सम्भावना
-
गर्मीले रास्वपा महाधिवेशनका क्रममा दुई जना बेहोस
-
महाधिवेशन प्रतिनिधिहरूलाई कडाइका साथ चेकजाँच गरेर बन्दसत्र हलभित्र पठाइँदै, तस्बिरहरू
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण