राष्ट्रिय युवा महोत्सव आयोजना हुने
काठमाडौँ । युवा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा महोत्सव आयोजना हुने भएको छ । परिवर्तनका लागि युवा (युथ फर चेन्ज), मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) र इन डेप्थ स्टोरी (आइडिएस)को संयुक्त आयोजनामा यही असार १३ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा महोत्सव आयोजना हुन लागेको मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीका सहसंस्थापक आरके दाहालले जानकारी दिए।
महोत्सवमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्ट, चर्चित उद्योगपति डा. उपेन्द्र महतो, सार्क हेमराज ढकाल, हस्यकलाकर मनोज गजुरेल, चर्चित पत्रकार रुपेश श्रेष्ठ, राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मा, टेक उद्यमी प्रतिमा अधिकारी लगायत वक्ता रहनेछन् ।
वक्ताहरूले आफ्ना जीवनका अनुभव र भोगाइलाई समेट्दै आफ्नै देशमा अवसरहरू निर्माण गर्न सकिन्छ भन्ने विषयमा धारणा राख्ने जनाइएको छ । कार्यक्रममा गायक कुमार सागर र ख्वप ब्यान्ड र पाहेलो बत्ती मुनि ब्यान्डको साङ्गीतिक प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम संयोजक हिमाल विष्टले एउटा सकारात्मक सन्देश दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिए । आयोजक युथ फर चेञ्जका अध्यक्ष समेत रहेका हिमाल विष्टले आफ्नो ज्ञान, सीप र क्षमताको सदुपयोग यसै देशमा केही सफल काम गरी आगामी पुस्ताको असल पथप्रदर्शक बन्नका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए । कार्यक्रम युवाहरूमा सकारात्मक आशा जगाउने र नेपालमा रहेका अवसरहरू देखाउने उद्देश्यले तयार गरिएको छ ।
पहिलो र दोश्रो संस्करणको सकारात्मक प्रभाव र युवाहरूमा देखिएको उत्साहका कारण यस वर्ष पनि यो महोत्सव आयोजना गर्न लागिएको जनाइएको छ । विद्यालय शिक्षा (कक्षा १२)बाट उच्च शिक्षाको यात्रा सुरु गर्न प्रतीक्षामा रहेका विद्यार्थीहरूका लागि लक्षित गरी आयोजना हुने यो कार्यक्रम पूर्णतः निःशुल्क छ भने इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण