मायाले बाध्न सृष्टिले गरिन् आर्यनलाई आग्रह
काठमाडौं – पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी अभिनित ‘बाँध मायाले’ ५ असोजबाट प्रदर्शनमा आउने चलचित्र हो । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले चलचित्रको गीत संगीत समेत सार्वजनिक गरिहेको छ ।
बुधबार राजधानीको दरबारमार्गस्थित राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै शीर्ष गीत सार्वजनिक गरेको छ । गीतमा अर्जुन पोखरेलको शब्द संगीत तथा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ आर्यन र सृष्टि माथि फिचरिङ गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा दुवैको केमेस्ट्री सुहाएको देख्न सकिन्छ ।
सविर श्रेष्ठको निर्देशन रहेको चलचित्रलाई रामहरि धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । बाबु श्रेष्ठको छायाँकन रहेको चलचित्रमा रोशन श्रेष्ठको द्धन्द्ध समेटिएको छ ।
‘बाँध मायाले’ आफूले बनाएका अन्य चलचित्र भन्दा भिन्न भएको निर्देशक श्रेष्ठले कार्यक्रममा बताए ।
अभिनेता आर्यनले चलचित्रको कथा र आफ्नो अभिनय राम्रो भएको दाबी गरे । अभिनेत्री सृष्टीले चलचित्रबाट आफु आसावादी रहेको सुनाइन् । चलचित्रमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्रप्रताप सेन, किशोर खड्का र विशाल चाम्लिङ लगायतको अभिनय देख्न सकिन्छ । किशोरले यसै चलचित्रबाट नायकको रुपमा डेब्यु गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब नेपालीले पर्दामा आफ्नो कथा देख्छन्, तब मात्र चलचित्र साँचो अर्थमा राष्ट्रिय बन्छ : राष्ट्रपति पौडेल
-
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
-
यी हुन् कुखुराको खुट्टा खानुका फाइदाहरू
-
टोकियो विद्यालयमा आगलागी, ३०० जनाको सुरक्षित उद्धार
-
आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट स्वीकृत
-
बर्डफ्लु देखिएपछि जावलाखेल चिडियाखाना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण