शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत

शुक्रबार, ०५ असार २०८३, १५ : १८
शुक्रबार, ०५ असार २०८३

सारांश

  • प्रतिनिधिसभाले गत वैशाखमा संसद् रोकेर सरकारले ल्याएका चार अध्यादेश स्वीकृत गरेको छ ।
  • स्वीकृत हुने अध्यादेशहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ), सहकारी (पहिलो संशोधन), र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन् ।
  • गत वैशाख २८ गते संसद् अधिवेशनको पहिलो दिन यी अध्यादेश प्रतिनिधिसभामा पेस भएका थिए ।

काठमाडौँ । गत वैशाखमा संसद् रोकेर सरकारले ल्याएका चार अध्यादेश प्रतिनिधिसभाले स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो । 

चारवटै अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अध्यादेश निणयार्थ प्रस्तुत गरेका थिए । 

गत वैशाखमा संसद् अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो । वैशाख २८ गते संसद् अधिवेशन सुरु भएको पहिलो दिन ती अध्यादेश प्रतिनिधिसभा पेस भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप