बर्डफ्लु देखिएपछि जावलाखेल चिडियाखाना बन्द
शुक्रबार, ०५ असार २०८३, १५ : ०६
सारांश
- ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बर्डफ्लुको सङ्क्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
- चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ ।
- पशुपन्छीमा सङ्क्रमण थप फैलन नदिन र मानिसमा हुन सक्ने जोखिम न्यूनीकरण गर्नका लागि अवलोकन बन्द गरिएको हो ।
काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको चिडियाखाना प्रमुख सत्यनारायण साहले रातोपाटीलाई जानकारी दिए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत रहेको चिडियाखाना प्रशासनले चिडियाखाना बन्द गर्न सार्वजनिक सूचना समेत जारी गरेको छ ।
‘चिडियाखानाभित्र रहेका पशुपन्छीहरूमा सङ्क्रमण थप फैलन नदिन र मानिसहरूमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि तत्कालका लागि अवलोकनलाई पूर्ण रुपमा बन्द गरिएको हो,’ साहले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ सम्बन्धीमा अनियमितता कसूरमा पक्राउ परेकाहरूमाथि पाँच दिन म्याद थप
-
बैतडीमा बस दुर्घटना
-
बैंकिङ कसुर मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
-
घरघरमै सरकारी कागजात पुर्याउन कसरी भयो सम्भव ?
-
गर्मीले मधेसको जनजीवन प्रभावित : बिरामी बढे, मजदुर वर्ग मारमा
-
को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण