आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट स्वीकृत
सारांश
- प्रतिनिधि सभा बैठकले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ लाई स्वीकृत गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको उक्त दुई विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको हो ।
- अर्थमन्त्री वाग्लेले वार्षिक रु १० लाख आम्दानी भएका व्यक्तिलाई आयकर छुट दिइएको र करका दर निर्धारण दूरगामी अर्थतन्त्र बनाउने उद्देश्यले गरिएको स्पष्ट पारे ।
काठमाडौँ । प्रतिनिधि सभा बैठकले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ लाई स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको उक्त दुई विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको हो ।
त्यसअघि विधेयकमाथिको सामान्य छलफलमा भाग दिँदै सांसदहरूले करका दर, लोककल्याणकारी कार्यक्रम लगायतका विषयमा चासो व्यक्त गरेका थिए ।
आर्थिक विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले राज्यका सबै कर एउटै सञ्चित कोषमा जम्मा हुने भएकाले अलग–अलग आयोजना र कार्यक्रमका लागि छुट्टाछुट्टै कोष बनाउन आवश्यक नरहेको बताए ।
उनले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने भएकाले अनावश्यक भ्रम नराख्न आग्रह गरे । उनले वार्षिक रु १० लाख आम्दानी भएका व्यक्तिलाई आयकर छुट दिइएको भन्दै दूरगामी अर्थतन्त्र बनाउने उद्देश्यले करका दर निर्धारण गरिएको स्पष्ट पारे ।
उनले क्षणिक रूपमा अप्रिय ठानिने तर दीर्घकालीन रूपमा मुलुक र जनतालाई लाभ हुने विषय बजेटमा राख्न वर्तमान सरकार हिम्मतका साथ अघि बढेको धारणा राखे ।
ठुलो जनादेश प्राप्त सरकारले बाहेक अन्य सरकारले ठुलो परिवर्तनका लागि जोखिम लिन नसक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपकै बिचमा मोरोक्कोका कप्तान हाकिमी संकटमा, बलात्कारको मुद्दा खेप्नुपर्ने
-
चिकित्सकको क्षमतामाथि टिप्पणीको विरोध, आत्मालोचना गर्न वीर–ट्रमाका करार चिकित्सकको माग
-
गृह मन्त्रालयमा ‘हेलो गृह’ कल सेन्टर स्थापना
-
वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु
-
फासीवादी मनोविज्ञानमाथि राजेन्द्र महर्जनको नयाँ पुस्तक
-
बैंकका सीईओको तलब-भत्तामा तोकियो नयाँ मापदण्ड, अब पर्फर्मेन्समा आधारित सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण