विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने भएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा सोमबार सुर्खेतबाट प्रहरीले पक्राउ गरेपछि एमाले नेताहरूले त्यसको विरोध गर्दै राजनीतिक प्रतिवाद गर्ने बताएका हुन् । एमालेले पौडेलको पक्राउ सस्तो लोकप्रियता र स्टण्ट भनेको छ ।
एमाले महासचिव शङ्कर पोखरेलले पौडेलको पक्राउपछि कुनै पनि विषयमा पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, तथ्य र प्रमाण सङ्कलन गर्ने र अभियोजन (मुद्दा दायर) पश्चात् अदालतको निर्णयका आधारमा अगाडि बढ्ने प्रक्रिया नै न्यायसम्मत हुन्छ भन्ने मान्यताविपरित उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गरिएको बताएका छन् । उनले पार्टी कार्यक्रममा सहभागी हुन सुर्खेत आएका वेला नियोजित रूपमा नेता पौडेललाई नियन्त्रणमा लिने काम भएको बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले पौडेल पक्राउपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको केही बेरमा महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
‘केही समय पहिले सम्पत्ति शुद्धीकरण विभागका डिजीले फोनमा कुराकानी गरेर भोली काठमाडौँमा आएपछि सम्पर्कमा आउनु होला भनेर अनुरोध गरेको र त्यसको केही समय पश्चात् सुर्खेत प्रहरीलाई पत्राचार गरेर नियन्त्रणमा लिन निर्देशन दिएको घटनाले राज्यका अनुसन्धान गर्ने निकायलाई अदृश्य शक्तिकेन्द्रले सञ्चालन गरेको देखिन्छ’, महासचिव पोखरेलले भनेका छन् ।
उनले राज्यका कुनै पनि निकायका स्वतन्त्र र निष्पक्ष हुनु पर्दछ भन्दै उसका निर्णयहरू राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप्रियताबाट प्रेरित हुन नहुने बताएका छन् ।
‘अनुसन्धान र अभियोजन प्रक्रिया तथ्य, प्रमाण र कानुनको अक्षरशः पालनामा आधारित हुनुपर्दछ, न कि कसैलाई सिध्याउने वा रिसइबी साँध्ने हतियारका रूपमा प्रयोग हुनु हुँदैन ।
नेकपा ९एमाले० न्यायपूर्ण समाज र निष्पक्ष न्यायका पक्षमा छ, जहाँ कसैलाई पनि पूर्वाग्रहको सिकार बनाइने छैन र वास्तविक दोषी कानुनी कठघराबाट उम्कने छैन’, पोखरेलले भनेका छन्, ‘तर उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी उक्त मान्यताको विपरीत पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिन्छ । सस्तो लोकप्रियताका लागि सरकारको निर्देशनमा भएको यस प्रकारको प्रतिशोधपूर्ण कार्यको कानुनी र राजनीतिक रूपमा दृढतापूर्वक प्रतिवाद गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण