लागूऔषध सेवन गरी सवारी चलाउने ५ चालक पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषध सेवन गरी सवारी चलाउने ५ चालक र १ सह-चालकलाई नियन्त्रणमा लिएको छ।
- गत असार ८ गते मालढुङ्गा सडक खण्डमा गरिएको नियमित चेकिङका क्रममा उनीहरू पक्राउ परेका हुन्।
- लागूऔषध सेवन गरी सवारी चलाएको पाइएपछि पक्राउ परेका व्यक्तिहरूलाई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषध सेवन (लापसे) गरी सार्वजनिक सवारी साधन चलाउने ५ जना चालक र १ जना सह–चालकलाई नियन्त्रणमा लिएको छ।
गत असार ८ गते बिहान ११:०० बजेको समयमा बागलुङ नगरपालिका वडा नं. ०१, मालढुङ्गास्थित सडक खण्डमा गरिएको नियमित चेकिङका क्रममा उनीहरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला ट्राफिक कार्यालय र प्रहरी चौकी मालढुङ्गाको संयुक्त टोलीले सार्वजनिक सवारीका चालक तथा सह–चालकहरूलाई 'टीएचसी' (THC) लागूऔषध सेवन किटमार्फत परीक्षण गरेको थियो।
परीक्षणका क्रममा लागूऔषध सेवन गरी सवारी चलाएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई असार ९ गते बागलुङ जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।
पक्राउ पर्नेहरूमा गणेश शर्मा, ढाकाराम तिवारी, शंकर शर्मा, विशाल किसान, सुनिल सार्की र अविनास सार्की (सह–चालक) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह
-
‘आई एम ब्याक !’ आलोचकलाई रोनाल्डोको सानदार जवाफ
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
-
काठमाडौँबाट दुई घण्टामै पोखरा पुग्ने मन्त्रीको सपना, कसरी बन्ला काठमाडौँ–पोखरा एक्सप्रेस–वे ?
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण