दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
सारांश
- दैलेखका १० स्थानीय तहले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २८ लाखभन्दा बढी बजेट सार्वजनिक गरेका छन् ।
- आठबीस नगरपालिका बाहेक सबै स्थानीय तहले बजेट ल्याएका हुन् ।
- दुल्लु नगरपालिकाले १ अर्ब ५ करोड ७० लाखको बजेटसहित सबैभन्दा बढी बजेट ल्याएको छ ।
दैलेख । ११ वटा स्थानीय तह रहेको दैलेखका १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । आठबीस नगरपालिका बाहेक सबै स्थानीय तहले बजेट ल्याएका हुन् । १० स्थानीय तहले आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि ६ अर्ब २८ लाख बढी बजेट ल्याएका छन् ।
जसमध्ये सबैभन्दा धेरै दुल्लु नगरपालिकाले १ अर्ब ५ करोड ७० लाख ४९ हजारको बजेट ल्याएको छ ।
यस्तै,महावु गाउँपालिका ६१ करोड २० लाख ९३ हजार, नारायण नगरपालिकाले ६४ करोड १८ लाख ६२ हजार, गुराँस गाउँपालिकाले ७० करोड ३२ लाख ३३ हजार, ठाटीकाँध गाउँपालिकाले ४७ करोड २३ लाख २९ हजार, भैरवी गाउँपालिकाले ४७ करोड २९ लाख ९० हजार, चामुण्डाबिन्द्रासैनी नगरपालिका ५० करोड ७५ लाख ७ हजार, भगवतीमाई गाउँपालिका ५१ करोड ३१ लाख ८६ हजार बराबरको बजेट सार्वजनिक गरेका छन् ।
यस्तै, डुङ्गेश्वर गाउँपालिकाले ४६ करोड ६ लाख ८७ हजार र नौमुले गाउँपालिका ५६ करोड १८ लाख ९८ हजारको वार्षिक बजेट सार्वजनिक गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नकआउट चरणको आशसहित दक्षिण अफ्रिका र दक्षिण कोरिया प्रतिस्पर्धामा
-
लमजुङमा विद्युत् उत्पादन बढ्यो
-
आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
समूह ‘सी’ को विजेता बन्दै ब्राजिल अन्तिम ३२ मा, मोरक्कोद्वारा हाइटी ४–२ ले पराजित
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण