बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड

बिहीबार, ११ असार २०८३, ०४ : २०
बिहीबार, ११ असार २०८३

सारांश

  • ब्राजिलका स्टार स्ट्राइकर भिनिसियस जुनियरले फिफा विश्वकप २०२६ को समूह चरणका तीनवटै खेलमा लगातार गोल गर्दै दुर्लभ कीर्तिमान रचेका छन् ।
  • स्कटल्याण्ड विरुद्धको खेलमा ७ औँ मिनेटमा गोल गर्दै भिनिसियसले खेलेका तीन खेलमा गोल गर्ने सफलता हात पारे ।
  • भिनिसियसले जारी विश्वकपमा तीन खेल खेलेर तीनवटैमा गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

काठमाडौँ । फिफा विश्वकप २०२६ मा ब्राजिलका स्टार स्ट्राइकर भिनिसियस जुनियरले एक दुर्लभ र ऐतिहासिक कीर्तिमान रचेका छन् । जारी विश्वकपको समूह चरणका तीन वटै खेलमा लगातार गोल गर्दै भिनिसियसले यस प्रतियोगितामा आफ्नो वर्चस्व साबित गरेका हुन् । स्कटल्याण्ड विरुद्ध जारी समूहको अन्तिम खेलमा ७ औँ मिनेटमै गोल गरेसँगै उनले ‘थ्री आउट अफ थ्री’ अर्थात् खेलेका तीन वटै खेलमा गोल गर्ने सानदार सफलता हात पारेका हुन् ।

भिनिसियसको यो गोल गर्ने यात्रा मोरक्को विरुद्धको पहिलो खेलबाट सुरु भएको थियो, जहाँ उनले टोलीका लागि निर्णायक बराबरी गोल गरेका थिए । त्यसपछि हाइटी विरुद्धको दोस्रो खेलमा पनि एक गोल र एक ‘असिस्ट’ गरेका उनले आज स्कटल्याण्ड विरुद्ध पनि गोल थपेपछि समूह चरणका सबै खेलमा गोल गर्ने खेलाडीको सूचीमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाएका छन् । मुख्य स्टार नेयमार सुरुवाती ११ मा नरहेको अवस्थामा भिनिसियसले ब्राजिलको आक्रमणलाई एक्लै सफलतापूर्वक सम्हालिरहेका छन् ।

जारी विश्वकपमा भिनिसियससँगै अन्य खेलाडीहरू यो ऐतिहासिक दौडमा सामेल छन् । अर्जेन्टिनाका लियोनल मेसीले आफ्ना सुरुवाती दुई खेलमा ५ गोल गर्दै सनसनी मच्चाएका छन् । त्यसैगरी फ्रान्सका किलियन एमबाप्पे र नर्वेका अर्लिङ हालान्डले पनि समान २–२ खेल खेल्दै ४–४ गोल गरेका छन् । यी तीनै खेलाडीले आफूले खेलेका हरेक खेलमा गोल गर्ने लयलाई कायमै राखेका छन् ।

यद्यपि, तीन खेल खेलेर तीनवटैमा गोल गर्ने कीर्तिमान भने हालसम्म भिनिसियस जुनियरको नाममा मात्रै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप