बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

एलन मस्कले गुमाए 'ट्रिलियनेयर' को हैसियत

बिहीबार, ११ असार २०८३, ०७ : ३५
बिहीबार, ११ असार २०८३

सारांश

  • विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले आफ्नो 'ट्रिलियनेयर' हैसियत गुमाएका छन्।
  • स्पेस-एक्स र टेस्लाको शेयर मूल्यमा आएको गिरावटले मस्कको सम्पत्ति ९५७ अर्ब डलरमा झरेको छ।
  • विश्वव्यापी प्रविधि बजारमा आएको गिरावट र लगानीकर्ताहरूको शंकाले मस्कको सम्पत्ति घट्नुको मुख्य कारण हो।

 अमेरिका । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले आफ्नो 'ट्रिलियनेयर' (१० खर्ब डलरभन्दा बढीको सम्पत्ति) को हैसियत गुमाएका छन्।

 उनको अन्तरिक्ष कम्पनी 'स्पेस-एक्स' र विद्युतीय कार निर्माता कम्पनी 'टेस्ला' को शेयर मूल्यमा आएको भारी गिरावटसँगै मस्कको सम्पत्तिमा ठूलो कमी आएको हो।

ब्लुमबर्ग अर्बपति सूचकांकका अनुसार, मस्कको कूल सम्पत्ति ९५७ अर्ब डलरमा झरेको छ। करिब दुई हप्ताअघि मात्रै स्पेस-एक्सको शेयर बजारमा सफल सूचीकरण भएसँगै उनी ११ खर्ब १० अर्ब डलर (१.११ ट्रिलियन डलर) सम्पत्तिसहित विश्वकै पहिलो 'ट्रिलियनेयर' बन्न सफल भएका थिए। तर, त्यसको १४ दिन नबित्दै उनले यो ऐतिहासिक उपाधि गुमाउनु परेको हो।

मस्कको सम्पत्ति घट्नुको मुख्य कारण विश्वव्यापी प्रविधि बजारमा आएको गिरावट हो। विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्सको दीर्घकालीन नाफामाथि लगानीकर्ताहरूले शंका व्यक्त गरेपछि एनभिडिया, इन्टेल र एएमडीजस्ता ठूला प्रविधि कम्पनीहरूको शेयरसँगै मस्कका कम्पनीहरूको शेयरमा पनि पहिरो गएको बीबीसीको समाचारमा उल्लेख छ । 

स्पेस-एक्सको शेयर जुन १६ मा प्रतिशेयर २२५.६४ डलरको उच्च विन्दुमा पुगेको थियो, जुन अहिले करिब ३० प्रतिशतले घटेर १५६ डलरको आसपासमा कारोबार भइरहेको छ। 

'ट्रिलियनेयर' को क्लबबाट बाहिरिए पनि मस्क अझै पनि विश्वकै सबैभन्दा धनी व्यक्ति भने कायम नै छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप