बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
अपडेट

फिफाद्वारा एन्फा निलम्बित

बिहीबार, ११ असार २०८३, ०८ : ०२
बिहीबार, ११ असार २०८३

सारांश

  • विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तेस्रो पक्षको हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तत्काल लागू हुने गरी निलम्बन गरेको छ।
  • फिफा विधानको धारा १४ को उल्लङ्घन भएको निष्कर्ष निकाल्दै एन्फामाथि निलम्बनको निर्णय गरिएको हो।
  • निलम्बनसँगै नेपाली टोली, क्लब तथा पदाधिकारीहरू फिफा र एएफसीका अन्तर्राष्ट्रिय प्रतियोगिता तथा गतिविधिमा सहभागी हुन नपाउने भएका छन्।

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तत्काल लागू हुने गरी निलम्बन गरेको जनाएको छ।

फिफा काउन्सिलको ब्युरोले तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित फिफा विधानको गम्भीर उल्लङ्घन भएको निष्कर्ष निकाल्दै एन्फामाथि निलम्बनको निर्णय गरेको एन्फा महासचिव किरण राईले रातोपाटीलाई जानकारी दिए । 

फिफा विधानको धारा १४ को उपधारा १(क) र ३ अनुसार सदस्य संघको कामकारबाहीमा तेस्रो पक्षको अनुचित हस्तक्षेप हुन नहुने व्यवस्था छ।

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबीच निर्वाचन तथा संघको सञ्चालनसम्बन्धी विषयमा विवाद चर्किएको थियो। फिफा र एएफसीले नेपाललाई एन्फाको कामकारबाहीमा हस्तक्षेप फिर्ता लिन चेतावनी दिँदै अन्यथा निलम्बन हुन सक्ने बताएका थिए।

निलम्बनसँगै नेपाली राष्ट्रिय टोली, क्लब तथा फुटबल पदाधिकारीहरू फिफा र एएफसीअन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता तथा गतिविधिमा सहभागी हुन नपाउने अवस्था सिर्जना भएको छ। यस्तो निलम्बन तेस्रो पक्षको हस्तक्षेप अन्त्य भई फिफाका सर्तहरू पूरा भएपछि मात्र फुकुवा हुन सक्छ।

फिफाको निर्णयले नेपाली फुटबल गम्भीर संकटमा परेको छ भने यसका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागितामाथि प्रत्यक्ष असर पर्ने भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप