जापानको उत्तरी तटीय क्षेत्रमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
सारांश
- जापानको उत्तरी तटीय क्षेत्रमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
- भूकम्पको केन्द्रबिन्दु इवाते प्रान्तको पूर्वी तटीय क्षेत्र रहेको छ र यसबाट सुनामीको खतरा भने छैन।
- यस भूकम्पका कारण ओमोरी र इवाते प्रान्तमा कम्तीमा आठ जना घाइते भएका छन्।
टोकियो । जापानको उत्तरी तटीय क्षेत्रमा बिहीबार बिहान मानिसहरूको आवतजावत बढी हुने व्यस्त समयमा एक शक्तिशाली भूकम्प गएको छ। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प शक्तिशाली भए पनि यसबाट सुनामी आउने कुनै खतरा भने छैन।
इवाते प्रान्तको पूर्वी तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पको तीव्रता सुरुमा ६.९ म्याग्निच्युड मापन गरिए पनि पछि परिमार्जन गर्दै ७.२ म्याग्निच्युड रहेको जनाइएको छ। यो भूकम्प जमिनको सतहबाट करिब ५० किलोमिटर (३० माइल) गहिराइमा गएको थियो। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले पनि सो भूकम्प रेकर्ड गर्दै यसको तीव्रता ६.९ म्याग्निच्युड रहेको उल्लेख गरेको छ।
पछिल्ला महिनाहरूमा यस क्षेत्रमा लगातार शक्तिशाली भूकम्पहरू गइरहेका छन्। यसअघि गत डिसेम्बर महिनामा पनि यही क्षेत्रमा गएको भूकम्पका कारण हप्तादिन लामो ‘मेगा-भूकम्प’ को पूर्वसतर्कता चेतावनी जारी गरिएको थियो। जापानको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार यो भूकम्पका कारण देशका उत्तरी प्रान्तहरू ओमोरी र इवातेमा गरी कम्तीमा आठ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा धेरैजसो लडेर वा माथिबाट खसेका वस्तुहरूले लागेर चोटपटक लागेका मानिसहरू छन्। जापानी सञ्चारमाध्यमहरूका अनुसार कसैको पनि ज्यान जाने गरी गम्भीर चोट लागेको रिपोर्ट भने आएको छैन।
भूकम्पको धक्का राजधानी टोकियोसम्म पनि सामान्य रूपमा महसुस गरिएको थियो। भूकम्प लगत्तै जापानी प्रधानमन्त्री सानाए ताकाइचीले पत्रकारहरूसँग कुरा गर्दै आफ्नो सरकारको आकस्मिक टोलीले ‘नागरिकको जीवनलाई पहिलो प्राथमिकतामा राखेर’ काम गरिरहेको बताएकी छन्।
उनले अहिले भूकम्पको क्षतिको विवरण संकलन भइरहेको र आवश्यकता अनुसार उद्धार तथा राहत कार्यका लागि सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
-
हुम्लाका ७ वटै स्थानीय तहले ल्याए बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण