मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा सशस्त्र प्रहरीले मनसुनजन्य विपद् प्रतिकार्यका सन्दर्भमा कृत्रिम अभ्यास गरेको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मले बुधबार घरपझोङ–४ जोमसोमस्थित कालीगण्डकी नदीमा उक्त अभ्यास गरेको हो ।
सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यासमा कालीगण्डकीमा बगिरहेका नागरिकको सुरक्षित उद्धारसम्बन्धी व्यावहारिक अभ्यास गरेको गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए ।
तालिमका बेला प्रशिक्षार्थीलाई विपद्को अवस्थामा अपनाउनुपर्ने सुरक्षा सावधानी, उद्धार सामग्रीको समुचित प्रयोग तथा नदीको तीव्र बहावमा फसेका व्यक्तिको सुरक्षित उद्धारको विधिका विषयमा ज्ञान दिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले उल्लेख गरे ।
यस्ता अभ्यासले समन्वयात्मक र व्यावसायिक रुपमा काम गर्न तथा विपद्जन्य घटनामा सशस्त्र प्रहरी बलको उद्धार क्षमता अभिवृद्धि गरी जनधनको क्षति न्यूनीकरण गर्न योगदान पुग्ने प्रहरी सङ्गठनले विश्वास लिएको छ ।
हरेक वर्ष साउन र भदौमा मुलुकका ठूला तथा तीनका सहायक नदीमा पानीको बहाव उच्च हुने भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न तथा मानवीय जनधनको क्षति कम गर्न सशस्त्र प्रहरी बलले मुलुकभरी नै त्यसप्रकारका तालिम सञ्चालन गर्दैै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
-
हुम्लाका ७ वटै स्थानीय तहले ल्याए बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण