शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?

बिहीबार, ११ असार २०८३, २२ : ०७
बिहीबार, ११ असार २०८३

काठमाडौँ । जर्मन सरकारले नेपालमा भइरहेको राहदानी छपाई सम्बन्धी मुद्दाको बारेमा चासो लिएको छ । जर्मनी सरकारको विदेश मन्त्रालयले त्यहाँस्थित नेपाली दूतावासलाई बोलाएर छलफल गरेको हो ।

जर्मनीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागर फुयाँललाई कार्यालयमै बोलाएर राहदानी प्रकरणबारे छलफल गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

छलफलमा कार्यवाहक राजदूत फुयाँलले राहदानीका बारेमा नेपालमा भइरहेको छानबिन र कानुनी प्रक्रियाको बारेमा जानकारी गराएका जर्मन स्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

जर्मन विदेश मन्त्रालयले नेपालमा भएको राहदानी प्रकरणले आफ्नो देश बदनाम भएको र त्यसबारे भइरहेको गतिविधिबारे जानकारी मागेको थियो । राहदानी प्रकरणबारे परराष्ट्र मन्त्रालयले पठाएको पत्र समेत जर्मन सरकारलाई दिइएको छ । परराष्ट्रले दिएको पत्रमा नेपालमा राहदानीबारे कानुनी प्रक्रिया कसरी अगाडि बढ्छ र छानबिन कसरी हुनेछ भन्ने उल्लेख छ ।

छलफलका क्रममा फुयाँलले राहदानीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले परराष्ट्र मन्त्रालयले त्यसमा थप केही गर्न नसक्ने भनेको स्रोतले जनाएको छ ।

जर्मन सरकारको स्वामित्व रहेको कम्पनी भेरोडोस र अर्को निजी कम्पनी म्युल्बाउअर आइडी सर्भिसेसलाई नेपालमा भ्रष्टाचार मुद्दा लगाइएको छ । त्यसमा परराष्ट्रका अधिकारीहरूको नाम समेत मुछिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप