शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो, चाँदी ५५ रुपैयाँ घट्यो

शुक्रबार, १२ असार २०८३, ११ : २२
शुक्रबार, १२ असार २०८३

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ८ सय रुपैयाँले बढी हो। बिहीबार सुन प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँ मा कारोबार भएको थियो।

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ३९ हजार २८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

यता, चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार १८० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा ५५ रुपैयाँले कम हो। 

बिहीबार चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँ मा कारोबार भएको थियो।

त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ३ हजार ५८४ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप