रास्वपा राष्ट्रिय महाधिवेशन
महामन्त्रीमा कविन्द्र, गणेश, शिशिर, प्रमोद र जगदीशको समर्थन विपिनलाई
शुक्रबार, १२ असार २०८३, १२ : १०
सारांश
- महामन्त्रीका आकांक्षी कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाल, जगदीश खरेल र प्रमोद न्यौपानेले विपिन आचार्यलाई समर्थन गर्दै उम्मेदवारी नदिएको र दिएको पनि फिर्ता लिएको बताएका छन् ।
- पार्टीको बृहत्तर हित र आन्तरिक एकताका लागि उनीहरुले आचार्यलाई समर्थन गरेको बताएका छन् ।
- रास्वपाको महामन्त्री पदमा आचार्यसहित ८ जनाको उम्मेदवारी परेको छ ।
चितवन । महामन्त्रीका आकांक्षी कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाल, जगदीश खरेल र प्रमोद न्यौपानेले विपिन आचार्यलाई समर्थन गर्दै उम्मेदवारी नदिएको र दिएको पनि फिर्ता लिएको बताएका छन् ।
पार्टीको बृहत्तर हित र आन्तरिक एकताका लागि उनीहरुले आचार्यलाई समर्थन गरेको उनीहरूको भनाइ छ । शुक्रबार चितवनमा बुर्लाकोटी, पराजुली, खनाल, खरेल र न्यौपानेले संयुक्त प्रेसमिट गर्दै महामन्त्रीमा आचार्यलाई समर्थन गर्ने निर्णयमा पुगेको बताएका हुन् ।
_T4nrKuTJUw.jpg)
‘हामी सबै जनाले संस्थापक सबै साथी एक ठाउँमा उभिएर एउटै म्यासेज दिनुपर्छ भनेर एउटै उम्मेदवार प्रस्तुत गरेका हौँ’, गणेश पराजुलीले भने, ‘हामी सबैले विपिनलाई समर्थन गर्ने निर्णय गरेका छौँ ।’
रास्वपाको महामन्त्री पदमा आचार्यसहित ८ जनाको उम्मेदवारी परेको छ ।
_Da5wXHjtJ3.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण