कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन
काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको भएको भन्दै छानबिनको माग गर्दै अनेरास्ववियुले भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन गरेका छन् ।
कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटिका साथै पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको अनेरास्ववियुले शुक्रबार भक्तपुरमा प्रदर्शन गरेको हो ।
उनीहरुले विद्यार्थीमाथि अन्याय बन्द गर, शिक्षामा बेथिति अन्त्य गर, अनियमितता छानविन गर, दोषीलाई कारबाही गर, शैक्षिक न्याय कायम गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
अनेरास्ववियुका महासचिव अञ्जना शिवाकोटीले शिक्षा क्षेत्रको सुधारको माग गर्दै परीक्षा बोर्डमा प्रदर्शन गरिएको बताइन् । कक्षा १२ को नतिजा प्रकाशनमा भएको त्रुटिका कारण विद्यार्थीहरूको भविष्यमाथि खेलबाड भएकाले गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइन् ।
साथै विद्यार्थीहरूले चाँडो नजिता सार्वजनिक गर्ने नाममा त्रुटि गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित? (सूचीसहित)
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
-
मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
-
रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण