शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनिष झाको रविलाई आग्रह : गुटबन्दी गर्नेलाई कारबाही गर्नुस्

शुक्रबार, १२ असार २०८३, १४ : १५
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीमा गुटबन्दीको प्रयास भएको भन्दै कारबाहीको माग गरेका छन् ।
  • भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले पार्टीभित्र समूहगत अभ्यास गरिनु नेताको अभिव्यक्ति विपरीत भएको बताए ।
  • उनले सभापति रवि लामिछानेलाई गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्न आग्रह गरेका छन् ।

काठमाडौँ । रास्वपाको महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीमा गुटबन्दीको प्रयास भएको भन्दै गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्न माग गरेका छन् । शुक्रबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले सभापति रवि लामिछानेलाई यस्तो बताएका हुन् । 

‘जे गर्नु हुँदैन भनेर भनिन्छ त्यही हुँदा नराम्रो हो’, उनले भने– ‘डेमोक्रेटिक प्रोसेसमा समूहगत अभ्यास गर्नुभयो त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीत हो ।’ 

उनले भने– ‘संस्थापन पक्ष एकजुट हुनुभयो भने म यहीबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्दिनुस् न ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप