‘देशको राजधानी काठमाडौँबाट सरेर चितवन गएको जस्तो देखियो’
सारांश
- सांसद पदमबहादुर परियारले एक सातायता काठमाडौँमा सरकारको उपस्थिति नदेखिएको भन्दै आपत्ति जनाएका छन् ।
- उनले देशको राजधानी काठमाडौँबाट चितवन सरेजस्तो अनुभूति भएको टिप्पणी गरे ।
- उनले कक्षा १२ को नतिजा प्रकाशनपछि अन्याय भएको भन्दै आन्दोलनरत विद्यार्थीप्रति सरकार संवेदनशील नभएको आरोप लगाए ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले एक सातायता काठमाडौँमा सरकारको उपस्थिति नदेखिएको भन्दै आपत्ति जनाएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् ।
सांसद परियारले देशको राजधानी काठमाडौँबाट चितवन सरेजस्तो अनुभूति भएको टिप्पणी गरे । असार ७ गतेदेखि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको प्रसङ्ग जोड्दै उनले रास्वपा महाधिवेशनका कारण सङ्घीय संसद र सरकारका कामकारबाही समेत प्रभावित हुन पुगेको बताए ।
सरकार चितवनतर्फका कार्यक्रममा व्यस्त रहँदा आफू भने अधिकारबाट वञ्चित र अन्यायमा परेको गुनासो गर्दै आन्दोलनरत नागरिकलाई भेट्न माइतीघर पुगेको उनले जानकारी दिए । कक्षा १२ को नतिजा प्रकाशनपछि अन्याय भएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीप्रति सरकार संवेदनशील नभएको आरोप उनले लगाए ।
बैठकमा उनले भने, ‘सम्माननीय अध्यक्षज्यू अघिल्लो एकहप्तादेखि काठमाडौं यस्तो लाग्न थाल्यो कि काठमाडौंमा सरकार छैन । काठमाडौं देशको राजधानी हो । तर देशको राजधानी काठमाडौंबाट सरेर चितवन गएको जस्तो देखियो । सरकारका कोही पनि प्रतिनिधि काठमाडौंमा नभेटिएको र त्यसको प्रत्यक्ष प्रभाव संसददेखि लिएर सरकारका अन्य कयौँ कामकारबाहीहरुमा परेको देखियो । सरकार चितवनतिर आफ्नो काम कारबाहीमा व्यस्त रहँदा म भने सरकारका कामकारबाहीमा चित्त नबुझाएर, आफ्नो अधिकार नपाएर अन्यायमा परेका केही नागरिकलाई भेट्न माइतिघर पुगेको थिएँ । सम्माननीय अध्यक्ष महोदय माइतिघरमा कक्षा १२ को नतिजा प्रकाशनका बखत अन्यायमा परेका विद्यार्थी आन्दोलनमा बसेका छन् । मलाई अचम्म लागेको छ, यो सरकारका मन्त्रीहरु जेनजी मूभमेन्ट हुँदा आन्दोलनको कुन फ्रन्टमा थिएँ ।’
सांसद परियारले अन्यायमा परेका विद्यार्थीसँगै आन्दोलनरत सम्पूर्ण नागरिकका समस्या तत्काल सम्बोधन र समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित? (सूचीसहित)
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
-
मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण