पार्वती’को रत्यौली गीत ‘नौतुनाको रेलैमा’ नीता र दीपाको छमछमी
काठमाडौँ । फिल्म ‘पार्वती’ आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । निर्माण युनिटले फिल्मको पहिलो गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरेको छ । लोक शैलीमा तयार गीतमा फिल्मका मुख्य कलाकारहरु नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी तथा क्रिमसन श्रेष्ठले नृत्य गरेका छन् ।
विवाहको समयमा महिलाहरूले खेल्ने रत्यौलीलाई भिडियोमा रमाइलो पारामा प्रस्तुत गरेको छ । भिडियोमा दीपाश्री पुरुषको भेषभूषामा देखिएकी छन् भने नीता महिलाकै पहिरनमा छिन् । उनीहरूबीचको रमाइलो भिडियोमा हेर्न सकिन्छ ।
रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा शब्द रचना हर्क साउदको छ । दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन् । गीतको भाका र यसका शब्दहरू निकै सुन्दर छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेको छ ।
अभिनेत्री नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको फिल्मको मुख्य भूमिकामा नीताको अलवा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायत छन् ।
निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको डीओपी रहेको यस फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ।
फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन् । फिल्मको सम्पादनमा साहिल खान रहेका छन् । फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण