शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
संसद्

रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक

शुक्रबार, १२ असार २०८३, १६ : २३
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन नसकिएकाले प्रतिनिधिसभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको छ ।
  • सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको सूचना जारी गरेका हुन् ।
  • यसअघि शुक्रबार बिहान सूचना जारी गर्दै शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको छ । 

सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार दिउँसो दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।

यसअघि महासचिव पाण्डेले शुक्रबार बिहान सूचना जारी गर्दै शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए । 

प्रतिनिधिसभा बैठक बिहीबारका लागि आह्वान भएको थियो त्यो बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । रास्वपाको बैठक असार ७ गतेदेखि चितवनमा जारी छ ।

728663477_1062220510057700_4796379320434379878_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप