राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ सम्बन्धी प्रतिनिधिसभाको सन्देश टेबुल
शुक्रबार, १२ असार २०८३, १६ : २८
सारांश
- राष्ट्रियसभामा 'विनियोजन विधेयक, २०८३' सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरिएको छ।
- राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले उक्त सन्देश टेबुल गरेका हुन्।
- बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेलको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ।
काठमाडौँ । राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०८३’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरिएको छ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले विनियोजन विधेयक, २०८३ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरेका हुन्।
त्यसैगरी, बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य तथा पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
राष्ट्रियसभाको अर्को बैठक असार १५ गते बस्ने गरी स्थगित गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४८ टोली सहभागी विश्वकपका कमजोरी देखाउने खेलहरू
-
कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते
-
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
-
रास्वपा पदाधिकारी छान्ने मतदान सकियो, केहीबेरमा नतिजा
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन
-
१६ वर्षमुनिका बालबालिकामाथिको सामाजिक सञ्जाल प्रतिबन्ध थप कडा बनाउने अस्ट्रेलियाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण