कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते
शुक्रबार, १२ असार २०८३, १७ : १९
सारांश
- काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा ६१ वर्षीय चालक गम्भीर घाइते भएका छन् ।
- दुर्घटनामा स्कुटर चालक बलिन्द्र थापाको टाउको, पेट र कम्मरमा चोट लागेको छ ।
- प्रहरीले ट्याङ्कर चालक बिक्कि रुम्बालाई पक्राउ गरी दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर चालक ६१ वर्षीय बलिन्द्र थापा घाइते भएका छन् । उनको टाउको, पेट र कम्मरमा चोट लागेको छ । उनी तनहुँको रुपाकोट गाउँपालिका–६ का स्थानीय हुन् ।
खड्कुलो पुलबाट कलंकीतर्फ आउँदै गरेको ना.६ ख ६९३८ नम्बरको तेल ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ घर भएका २५ वर्षीय बिक्कि रुम्बा छन् । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई–स्पोर्ट्सका च्याम्पियन
-
तीन दिनदेखि हराइरहेका १० वर्षीय बालक जङ्गलमा मृत फेला, हत्याको आशङ्का
-
कांग्रेसको आन्तरिक विवाद मिलाउन नेता फेरिएको फेरियै, उपलब्धि शून्य
-
चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण