फिफा विश्वकप २०२६
विश्वकप समूह ‘जी’का दुई खेल सुरु, बेल्जियम–न्युजिल्यान्ड र इजिप्ट–इरान आमनेसामने
शनिबार, १३ असार २०८३, ०८ : ४७
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’का अन्तिम चरणका दुई महत्वपूर्ण खेल सुरु भएका छन्।
- न्युजिल्यान्ड विश्वकप इतिहासमा पहिलो जितको खोजीमा छ भने इरान बराबरीमा रोकिए पनि नकआउट चरण पुग्ने सम्भावना छ।
- इजिप्ट भने जित निकाल्दै समूह चरण पार गर्ने लक्ष्यमा छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’का अन्तिम चरणका दुई महत्वपूर्ण खेल सुरु भएका छन्।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा बेल्जियम र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ भने अमेरिकाको सियाटल स्टेडियममा इजिप्ट र इरान आमनेसामने छन्।
यस खेलमार्फत समूहबाट अन्तिम ३२ मा पुग्ने टोलीको टुंगो लाग्नेछ ।
न्युजिल्यान्ड विश्वकप इतिहासमा पहिलो जितको खोजीमा मैदान उत्रिएको छ।न्युजिल्यान्डले यसअघि विश्वकपमा आठ खेल खेलिसकेको भए पनि जित निकाल्न सकेको छैन।
यता इरानका लागि बराबरी पनि नकआउट चरण पुग्न पर्याप्त हुनसक्ने अवस्था छ । इजिप्ट भने जित निकाल्दै समूह चरण पार गर्ने लक्ष्यमा मैदानमा उत्रिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
-
युरोपमा गर्मीको भयावह कहर, मर्नेकाे सङ्ख्या चुलिँदै
-
'वेलकम टु द जङ्गल'को बक्स अफिसमा दमदार सुरुआत, पहिलो दिनको कलेक्सन कति ?
-
५१ औँ दिनमा ‘लालीबजार’
-
राप्ती नदीमाथिको पुल निर्माण ७५ प्रतिशत सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण