सोफा हबद्वारा ‘कन्टेन्ट क्रिएटर अवार्ड २०८३’ घोषणा, प्रथम पुरस्कार एक लाख रुपैयाँ
काठमाडौँ ।फर्निचर ब्रान्ड सोफा हब काठमाडौँले देशभरका सिर्जनशील व्यक्तिहरूका लागि ‘सोफा हब काठमाडौँ कन्टेन्ट क्रिएटर अवार्ड – भिडियो प्रतियोगिता २०८३’ को घोषणा गरेको छ।
डिजिटल माध्यमबाट आफ्नो सिर्जनशीलता देखाउन चाहने कन्टेन्ट क्रिएटर, भ्लगर, इन्फ्लुएन्सर तथा भिडियो मेकरहरूलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको सोफा अबका प्रबन्ध निर्देशक तारालाल धरेलले जानकारी दिए ।
यस प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले सोफा हबका विभिन्न उत्पादन, शोरुम, ग्राहकको अनुभव वा ब्रान्ड कथालाई समेटेर आफ्नो मौलिक शैलीमा भिडियो निर्माण गर्नुपर्नेछ । सहभागीहरूले कमेडी, भाइन्स, प्रवर्द्धनात्मक भिडियो, प्रोडक्ट रिभ्यु, शोरुम टुर वा इन्टेरियर डिजाइनसँग सम्बन्धित विषयमा न्यूनतम ३० सेकेन्डदेखि अधिकतम ३ मिनेटसम्मको भिडियो बनाउन सक्नेछन्। भिडियोमा सोफा हबको ब्रान्ड, सेवा वा अफरसँग प्रत्यक्ष सम्बन्ध हुनुपर्ने प्रावधान राखिएको छ।
सहभागीहरूले भिडियो बनाउँदा सोफा हबका काठमाडौँ (गोठाटार र वसुन्धरा), विर्तामोड, चितवन, हेटौँडा, बुटवल, नेपालगन्ज, पोखरा, धनगढी र महेन्द्रनगरमध्ये कुनै एक आधिकारिक शाखालाई अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने उनले बताए । तयार पारिएको भिडियोलाई फेसबुक, इन्स्टाग्राम, युट्युब र टिकटक गरी चारवटै सामाजिक सञ्जालमा ‘पब्लिक मोड’ मा अपलोड गर्नुपर्ने उनले बताए ।
यस प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित हास्य कलाकार सन्दीप क्षेत्री र निर्देशक सम्राट अधिकारी रहेका छन् । विजेताहरूको छनोट ३० प्रतिशत सिर्जनशीलता, ३० प्रतिशत दर्शकको संलग्नता (भ्युज, लाइक, सेयर), ३० प्रतिशत ब्रान्ड प्रस्तुति र १० प्रतिशत भिडियोको गुणस्तरका आधारमा गरिने धरेलले बताए।
पुरस्कारको राशि पनि आकर्षक राखिएको छ। प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
प्रतियोगिताका लागि भिडियो पठाउने अवधि असार ३० गते २०८३ सम्म तोकिएको छ भने विजेताको घोषणा साउन १ गते गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण