आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

विष्णु पौडेललाई तुरुन्त रिहाइ गर्न संसदबाट एमालेको माग

आइतबार, १४ असार २०८३, ११ : ४७
आइतबार, १४ असार २०८३

सारांश

  • नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै तुरुन्त रिहाइको माग गरेको छ ।
  • एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिबारे माफी माग्न र संसदबाट हटाउन पनि माग गरेको छ ।
  • सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीले गत साता सुर्खेतबाट पौडेललाई पक्राउ गरेको थियो ।

काठमाडौँ । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेल बेकसुर रहेको भन्दै तुरुन्त रिहा गर्न माग गरेको छ ।  साथै एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गत जेठ १७ गते दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे माफी माग्न र संसदबाट उक्त अभिव्यक्ति हटाउन माग गरेको छ । 

‘यस्तो राष्ट्रघाती अभिव्यक्तिप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्छ । अभिलेखबाट विवादास्पद अभिव्यक्ति हटाउनुपर्छ’, आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद पुष्पराज कँडेलले भने, ‘एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍यो, गत निर्वाचनमा गाडी उपलब्धि गराउने व्यक्तिको आरोपका आधारमा सम्पूर्ण विपक्षीलाई तर्साउन गरिएको हो । त्यसमा पनि एमालेलाई बदनाम गर्ने उद्देश्य प्रेरित पक्राउ हो ।’ 

उनले विष्णु पौडेल बेकसुर रहेको भन्दै सरकार आफू अपराधीलाई उन्मुक्ति दिने काममा लागेको तथा करका दरको सूचना चुहाएर बिचौलियालाई लाभ दिइरहेको बताए । सम्पत्ति शुद्धीकरणको आरोपमा उपाध्यक्ष पौडेललाई प्रहरीले गत साता सुर्खेतबाट पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप