सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
अदालत

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

सोमबार, १५ असार २०८३, १३ : ३२
सोमबार, १५ असार २०८३

सारांश

  • पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ ।
  • सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको हो ।

काठमाडौँ । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको हो ।

पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । 

यसअघि पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप