मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी

मङ्गलबार, १६ असार २०८३, ०३ : ४२
मङ्गलबार, १६ असार २०८३

सारांश

  • जारी फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको खेलमा जर्मनीले पाराग्वेसँग १-१ को बराबरी खेलेको छ ।
  • अमेरिकाको फक्सबरो रंगशालामा भएको खेलमा काई हाभर्ट्जले दोस्रो हाफमा गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका हुन् ।
  • खेलको पहिलो हाफमा पाराग्वेका जुलियो एन्सिसोले गोल गरे पनि दोस्रो हाफमा हाभर्ट्जले बराबरी गोल फर्काए ।

काठमाडौँ । जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा जर्मनीले पुनरागमन गर्दै पाराग्वेसँगको दूरी १–१ को बराबरीमा ल्याएको छ ।

अमेरिकाको फक्सबरो रंगशालामा भइरहेको खेलको दोस्रो हाफमा जर्मनीका स्टार स्ट्राइकर काई हाभर्ट्जले गोल गर्दै टोलीलाई खेलमा फर्काएका हुन् । रोमाञ्चक खेलमा दुवै टोलीले १–१ को बराबरी खेल्दै अघिल्लो चरण प्रवेशका लागि कडा संघर्ष गरिरहेका छन् ।

खेलको पहिलो हाफमा पाराग्वेले सुरुवाती अग्रता बनाएको थियो। खेलको ४२औँ मिनेटमा माटियास गालार्जाको पासमा पाराग्वेका स्ट्राइकर जुलियो एन्सिसोले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा रणनीति परिवर्तन गर्दै आक्रामक बनेको जर्मनीका लागि ५४औँ मिनेटमा फ्लोरियन विर्ट्जको पासमा काई हाभर्ट्जले गोल गर्दै खेललाई बराबरीमा ल्याए । जारी फिफा विश्वकप २०२६ मा हाभर्ट्जको यो दोस्रो व्यक्तिगत गोल हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप