कान्ति लोकपथको २ स्थानमा पहिरो, सवारी आवागमन ठप्प
सारांश
- हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको कान्ति लोकपथ सडकखण्डको २ स्थानमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।
- बकैया गाउँपालिका–१२ ठिंगन स्थित सडकमा ढुङ्गा सहित पहिरो खसी सडक अवरोध भएको थियो ।
- भिमफेदी–८ भर्याङ डाडामा पुनः पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ र पहिरो ठुलो रहेकोले तत्काल खुल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । कान्ति लोकपथ सडकखण्ड अन्तर्गत २ स्थानमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको उक्त सडक खण्डको २ स्थानमा मंगलबार बिहान पहिरो खस्दा आवागमन ठप्प भएको हो ।
इलाका प्रहरी कार्यालय ठिंगनका अनुसार असार १६ गते बिहान १२ः३० बजेको समयमा मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगन स्थित कान्ति लोकपथ सडक खण्डमा सडकको माथिबाट ढुङ्गा सहित पहिरो खसी सडक पूर्ण रूपमा अवरोध भएको थियो । उक्त स्थानमा इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली खटेर बिहान ५ः३० बजेबाट पहिरो हटाउने कार्य सुरु भएको थियो ।
पहिरो पन्छाउने कार्य भइरहेको अवस्थामा बिहान ६ः३५ बजे पहिरो पन्छाइएर सडक खुल्ला गर्ने क्रममा पुनः मकवानपुरको भिमफेदी–८ भर्याङ डाँडामा अर्को पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार भीमफेदी–८ भर्याङ डाडाको पहिरो पन्छाउने कार्य भइरहेको छ । पहिरो ठुलो रहेकोले तत्काल सडक खुल्ने अवस्था नरहेको उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण