सुरक्षा चुनौतीबिच पनि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन जारी
मङ्गलबार, १६ असार २०८३, ११ : ३७
सारांश
- मरिन ट्राफिकका अनुसार सुरक्षा जोखिम बढे पनि स्ट्रेट अफ होर्मुज हुँदै जहाजहरूको आवागमन सप्ताहन्तभर जारी रहेको छ ।
- कम्पनीले शुक्रबार र शनिबार दुईवटा जहाजमाथि आक्रमण भएको घटनाबीच पनि तीन दिनमा १०८ वटा प्रमाणित जहाज आवागमन भएको जनाएको छ ।
- द्वन्द्व सुरु हुनुअघि यस जलमार्गबाट दैनिक करिब १३० देखि १४० वटा जहाज आवतजावत गर्ने गरेका थिए ।
तेहरान । विश्वव्यापी जहाज ट्र्याकिङ सेवा प्रदायक मरिन ट्राफिकका अनुसार सुरक्षा जोखिम बढे पनि स्ट्रेट अफ होर्मुज हुँदै जहाजहरूको आवागमन सप्ताहन्तभर जारी रहेको छ ।
कम्पनीले शुक्रबार र शनिबार दुईवटा जहाजमाथि आक्रमण भएको घटनाबीच पनि तीन दिनमा १०८ वटा प्रमाणित जहाज आवागमन भएको जनाएको छ ।स्ट्रेट भएर जुन २६ मा ४८ वटा, जुन २७ मा ३८ वटा र जुन २८ मा २२ वटा जहाज आवागमन गरेका छन् ।
यद्यपि यो संख्या आक्रमणअघि देखिएको अवस्थाभन्दा कम हो । कम्पनीका अनुसार २४ जुनमा ७० वटा जहाजले स्ट्रेट अफ होर्मुज आरपार गरेका थिए । यो फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबिचको द्वन्द्व सुरु भएयताको सबैभन्दा उच्च हो ।
द्वन्द्व सुरु हुनुअघि यस जलमार्गबाट दैनिक करिब १३० देखि १४० वटा जहाज आवतजावत गर्ने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण