दैनिक साढे १३ अर्ब खर्च गर्नुपर्ने बाध्यतामा सरकार
सारांश
- सरकारले आर्थिक वर्ष २०८२-८३ को बजेट कार्यान्वयनमा पुँजीगत खर्चतर्फ असार १५ गतेसम्म कुल विनियोजित बजेटको ३५.१२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।
- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार असार २५ गतेपछि भुक्तानीका लागि चेक जारी गर्न नपाइने भएकाले अब दैनिक करिब १३ अर्ब ५२ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने बाध्यता छ ।
- यदि सरकारले विनियोजित बजेट अनुसार खर्च गर्ने हो भने दैनिक ३३ अर्ब ८ करोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ ।
काठमाडौं । पुँजीगत बजेटको सुस्त कार्यान्वयनले यस वर्ष समेत निरन्तरता पाएको छ । सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि ल्याएको बजेट कार्यान्वयनको पछिल्लो तथ्यांकले यो अवस्था देखाएको हो ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार असार १५ गतेसम्म कुल विनियोजित बजेटको ३५.१२ प्रतिशत मात्रै बजेट खर्च हुन सकेको हो ।
चालु आर्थिक वर्षका लागि सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमध्ये यो अवधिसम्म १ खर्ब ४३ अर्ब २३ करोड ४ लाख रुपैयाँ खर्च भएको छ ।
सोही अवधिमा चालु बजेट र वित्तीय व्यवस्थाका लागि छुट्टाइएको बजेटको क्रमशः ८१.०९ प्रतिशत र ८३.४१ प्रतिशत रहेको छ । चालु वर्षमा सरकारले चालु खर्चबापत ११ खर्ब ८० अर्ब ९८ करोड र वित्तीय व्यवस्था बापत ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख खर्चको लक्ष्य लिएको थियो ।
यसमध्ये चालुतर्फ ९ खर्ब ५७ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १२ अर्ब ९९ करोड २३ लाख रुपैयाँ खर्च भएको छ ।
पछिल्लो अनुमानमा सरकारले कुल विनियोजित पुँजीगत बजेटमध्ये २ खर्ब ५१ अर्ब ३९ करोड ९० लाख रुपैयाँ मात्रै खर्च हुने अनुमान गरेको छ । यो कुल बजेटको ६१.६३ प्रतिशत खर्च हो । असार १५ सम्म भएको संशोधित अनुमानभन्दा १ खर्ब ८ अर्ब १६ करोड ८६ लाख रुपैयाँ कम हो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले असार २५ गतेपछि भुक्तानीका लागि चेक जारी गर्न नपाउने व्यवस्था गरेको छ । यसका लागि अब ८ कार्यदिन मात्रै बाँकी छ । यसका लागि दैनिक १३ अर्ब ५२ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने बाध्यता देखिन्छ ।
यदि सरकारले विनियोजित बजेट अनुसार नै खर्च गर्ने हो भने दैनिक ३३ अर्ब ८ करोडको दरले खर्च गर्नुपर्ने बाध्यता देखिन्छ ।
यसपटक सरकारले अर्धवार्षिक समीक्षामा उल्लेखित बजेट खर्चको अनुमान बढाएको छ । अर्धवार्षिक समीक्षामा ५५ प्रतिशत हाराहारीमा मात्रै खर्चको अनुमान गरिएकोमा जेठ १५ गतेको बजेटमा सरकारले संशोधित अनुमान बढाएर ६१ प्रतिशत पर्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण