नेपाल फार्मेसी परिषद्को अध्यक्षमा ९ र रजिस्ट्रारमा ११ जनाले दिए आवेदन
मङ्गलबार, १६ असार २०८३, १९ : ३०
सारांश
- नेपाल फार्मेसी परिषद्को अध्यक्ष पदका लागि ९ जनाको उम्मेदवारी परेको छ।
- परिषद्को रजिस्ट्रार पदका लागि ११ जनाले आवेदन दिएका छन्।
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सो सूचना जारी गरेको छ।
काठमाडौँ। नेपाल फार्मेसी परिषद्को अध्यक्षमा ९ जनाको उम्मेदवारी परेको छ। परिषद्को अध्यक्षमा गोविन्द सुवाल, बालमुकुन्द रेग्मी, बाबुराम हुमागाईँ, विजय यादा, कादिर आलम, राजकुमार थापा, प्रदीप लम्साल, लिजा जोशी गुरुबाचार्य र धर्मप्रसाद खनालको उम्मेदवारी परेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मङ्गलबार जारी गरेको सूचना अनुसार नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा ११ जनाले आवेदन दिएका छन्।
आवेदन दिनेहरूमा रोशनी प्रजापति, हरिश सिंह थापा, शरद पुडासैनी, नन्दकिशोर भट्ट, पवन महर्जन, विमल कुँवर, दिनेशकुमार यादव, जयबहादुर घले, प्रकृति गौतम, राजकुमार थापा र प्रकाश खत्री रहेको मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने
-
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ जनाको उम्मेदवारी
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण