मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

दोस्रो संस्करणको इन्डियन एम्बासेडर्स क्रिकेट सफलतापूर्वक सम्पन्न

मङ्गलबार, १६ असार २०८३, २१ : ०५
मङ्गलबार, १६ असार २०८३

सारांश

  • काठमाडौँस्थित भारतीय राजदूतावासले 'इन्डियन एम्बासेडर्स क्रिकेट टुर्नामेन्ट'को दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरेको छ।
  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मुलपानी क्रिकेट रङ्गशालामा असार १२ गतेदेखि १४ गतेसम्म यो प्रतियोगिता सञ्चालन भएको हो।
  • प्रतियोगिताको सफलताको उत्सव मनाउन असार १५ गते एउटा विशेष रिसेप्सन कार्यक्रमसमेत आयोजना गरियो।

काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले 'इन्डियन एम्बासेडर्स क्रिकेट टुर्नामेन्ट'को दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरेको छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मुलपानी क्रिकेट रङ्गशालामा असार १२ गतेदेखि १४ गतेसम्म यो प्रतियोगिता सञ्चालन भएको हो।

प्रतियोगितामा भारतीय राजदूतावास, नेपालको परराष्ट्र मन्त्रालय, काठमाडौँस्थित कूटनीतिक समुदाय, नेपाली सञ्चारमाध्यम, पूर्व नेपाली क्रिकेट खेलाडीहरू, नेपाल सरकारका अधिकारीहरू, कर्पोरेट संस्थाहरू र नेपालमा रहेका भारतीय प्रवासीहरूको संगठन (आईसीएएन) को प्रतिनिधित्व गर्ने आठवटा टोलीले सहभागिता जनाएका थिए।

यसअघि असार १२ गते आयोजित उद्घाटन समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपालको परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारी र अन्य वरिष्ठ कूटनीतिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

तीन दिनसम्म चलेको उत्साहपूर्ण र प्रतिस्पर्धात्मक खेलको अन्तिम दिन असार १४ गते भारतीय राजदूतावास र आईसीएएनबिच रोमाञ्चक फाइनल खेल सम्पन्न भयो। खेल सकिएपछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र आयोजक साझेदारका प्रतिनिधिहरूले विजयी टोली तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफी र पुरस्कार वितरण गरे।

प्रतियोगिताको सफलताको उत्सव मनाउन असार १५ गते एउटा विशेष रिसेप्सन कार्यक्रमसमेत आयोजना गरियो। उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूतका साथै अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो। सो अवसरमा राजदूतले प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्‍याएकोमा नेपाल क्रिकेट संघ (क्यान) र अन्य आयोजक साझेदारहरूलाई धन्यवाद दिए।

WhatsApp Image 2026-06-30 at 19.26.58

सोही कार्यक्रममा राजदूत श्रीवास्तवले नेपालका तीन जना आशालाग्दा यु–१९ महिला क्रिकेट खेलाडीहरू सना प्रवीण, कृष्मा गुरुङ र सावित्री धामीलाई व्यावसायिक स्तरको क्रिकेट किटहरू प्रदान गरे। उनले आगामी वर्ष तय भएको 'आईसीसी यु–१९ महिला टी–२० विश्वकप'मा ती खेलाडीहरूलाई सफलताको शुभकामना समेत दिए।

WhatsApp Image 2026-06-30 at 19.26.31

WhatsApp Image 2026-06-30 at 19.26.20

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप