बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी

छिट्टै कुलपति समक्ष पेस गरिने
बुधबार, १७ असार २०८३, ११ : ५३
बुधबार, १७ असार २०८३

सारांश

  • आठ वटा विश्वविद्यालयका उपकुलपतिको लागि तीन/तीन जनाको नाम सिफारिस समितिले टुंगो लगाएको छ ।
  • शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले प्रस्तावित उपकुलपतिको नाम टुंगिएको जानकारी दिए ।
  • सिफारिस गरिएका नामहरू मध्ये कुलपतिले प्रत्येक विश्वविद्यालयमा एक/एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछन् ।

काठमाडौँ । ८ वटा विश्वविद्यालयको उपकुलपतिका पदका लागि ३/३ जनाको नाम टुंगो लागेको छ । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले ३/३ जनाको नाम टुंगो लगाएको हो । 

शिक्षा तथा खेलकुद मन्त्रालयका उच्च शिक्षा महाशाखाका सहसचिव श्रीप्रसाद भट्टराईले प्रस्तावित उपकुलपति ३/३ जनाको नाम टुंगो लागेको जानकारी दिए । शिक्षा मन्त्रालय स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको लागि ३/३ जनाको नाम टुंगिएको हो ।

यी नामहरू समितिले कुलपति समक्ष सिफारिस गर्ने र कुलपतिले प्रत्येक विश्वविद्यालयमा एक/एक जनालाई उपकुलपतिमा नियुक्तसम्बन्धी निर्णय गर्ने व्यवस्था छ । जसअनुसार छिट्टै प्रक्रिया पूरा गरेर नियुक्तिको तयारी भएको मन्त्रालय स्रोतको भनाइ छ ।  अधिकांश विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बालेन शाह हुने व्यवस्था छ । उपकुलपतिका लागि उम्मेदवार दिएका उम्मेदवारहरुको अन्तर्वार्ता र प्रस्तुतीकरणपछि नाम सिफारिस भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप