१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
सारांश
- विश्वकप २०२६ को सह-आयोजक अमेरिका बोस्निया एन्ड हर्जगोभिनालाई २-० गोलले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।
- अमेरिकाका लागि फोलोरिन बालोगुनले पहिलो हाफमा गोल गरे भने दोस्रो हाफमा रातो कार्ड पाए ।
- मलिक टिलम्यानले ८२ औँ मिनेटमा गोल गर्दै अमेरिकाको जित सुनिश्चित गरे, जुन २००२ पछि पहिलो नकआउट जित हो ।
सान फ्रान्सिस्को । फोलोरिन बालोगुन एकै खेलमा हिरो र भिलेन दुवै बने पनि विश्वकप २०२६ को सह-आयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अमेरिका २-० गोलले विजयी बनेको हो ।
पहिलो हाफको अन्तिमा समयमा फोलोरिन बालोगुनले गोल गर्दै टोलीलाई दिलाएका थिए । मलिक टिलम्यानले बालोगुनलाई बक्सको दायाँतर्फ पास उपलब्ध गराएका थिए । बालोगुनले त्यसलाई गोलरक्षक निकोला भासिलीको मुनिबाट प्रहार गर्दै गोलमा परिणत गरे । प्रतियोगितामा उनको यो तेस्रो गोल थियो।
तर, गोल गरेर हिरो बनेका बालोगुन दोस्रो हाफमा भिलेन बने । ६४ औँ मिनेटमा बोस्नियाका डिफेन्डर तारिक मुहारेमोविचलाई फल हानेपछि उनले रातो कार्ड पाए । यो विश्वकपमा १२ औँ रातो कार्ड थियो जुन सन् २०२२ को कतार विश्वकपभन्दा तीन गुणा बढी हो ।
१० खेलाडीमा सीमित बनेको अमेरिकाका लागि मलिक टिलम्यानले ८२ औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । सन् २००२ पछि अमेरिकाले नकआउट खेल जितेको यो पहिलो अवसर हो ।
अब टोलीले अन्तिम १६ मा बेल्जियमको सामना गर्नेछ । प्रशिक्षक मौरिसियो पोचेटिनोको नेतृत्वमा रहेको ऊर्जावान् अमेरिकी टोली समूह 'डी' को विजेता बन्दै यहाँसम्म आइपुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण