आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

पानी पर्न थालेपछि डेङ्गुको जोखिम बढ्यो

आइतबार, २१ असार २०८३, १७ : ०३
आइतबार, २१ असार २०८३

काठमाडौँ ।  पानी पर्न थालेपछि डेङ्गु सङ्क्रमणको जोखिम बढेकाे छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गुको जोखिम पनि बढ्ने बताए । 

“केही दिनअघि परेको पानीले डेङ्गु सङ्क्रमण बढाउने खतरा रहेको छ”, उनले भने, “आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेङ्गु सार्ने लामखुट्टेको विकास हुने गर्दछ । र त्यही लामखुट्टेले डेङ्गु सार्ने गर्दछ ।” उनले पानी पर्न सुरु गरेकोले डेङ्गु सङ्क्रमणको जोखिम पनि बढेको बताए । उनले डेङ्गुबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे । 

कीटजन्य रोग शाखा प्रमुख डा दाहालका अनुसार डेङ्गु सङ्क्रमणको जोखिम असारदेखि कात्तिकसम्म कायम रहन्छ । “पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेङ्गु रोग लाग्दछ । तसर्थ लामखुट्टेले फूल पार्नसक्ने सम्भावित ठाउँ पहिचान गरी सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ”, उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप