विचारधारा : यो के हो, किन आवश्यक छ?
यस लेखको अधिकांश भाग सन् १९७० को दशकको सुरुतिर सोचिएको र लेखिएको थियो। यो सन् १९७४ मा प्रकाशित एउटा पुस्तकबाट साभार गरिएको हो। लेनिनको प्रसिद्ध शीर्षकमाथिको शब्दखेलका रूपमा यस पुस्तकको नाम ‘ह्वाट इज टु बि अनडन’ राखिएको थियो र अहिले पनि त्यही छ।
यो लेख अलिकति प्राज्ञिक लाग्न सक्छ, सायद कुनै दर्शनशास्त्रको कक्षामा पढाइने विषयजस्तो। अनि, म अनन्तसम्म लेखिरहन नसक्ने भएकाले यसमा पर्याप्त उदाहरणको कमी भएको महसुस पनि हुन सक्छ। तर यस तरिकाको पछाडि एउटा कारण छ।
हामीले बच्नुपर्ने कमजोरीहरू पत्ता लगाउने प्रयासस्वरूप म शास्त्रीय विचारधाराहरूको विश्लेषण गर्न चाहन्छु। म सन् १९७२-१९७३ तिरको मेरो दृष्टिकोणबाट यिनलाई हेर्नेछु। कतिपय मानिसको विचारमा वामपन्थीहरूले शास्त्रीय विचारधाराबाट बाटो बिराएको समय यही थियो। तर के हामीले साँच्चै बाटो बिराएका थियौँ त? खैर, मेरो हकमा नयाँ विचारधाराको बारेमा गम्भीरतापूर्वक सोच्न थालेको समय त्यही थियो। त्यसैले यस लेखको मूल अंश आंशिक रूपमा त्यतिबेलाको सन्देश हो र आंशिक रूपमा त्यतिबेलाको ‘टाइम क्याप्सुल’ हो। यद्यपि, अगाडि बढ्दै गर्दा म बेलाबेलामा यस विषयमा केही वर्तमान दृष्टिकोणहरू पनि थप्दै जानेछु।
तर पनि, समग्रमा विचारधाराको बारेमा किन कुरा गर्ने, त्यसमाथि यति अमूर्त रूपमा? यसको कारण हो- हामी सबै एउटै बुझाइमा पुग्नु, वा कम्तीमा हामी कुन अवस्थामा छौँ भनी जान्नु। यसले हामीलाई थप विशिष्ट मूल्याङ्कनहरू गर्न मद्दत गर्छ। साथै, कस्तो प्रकारको मूल्याङ्कन र कस्तो दृष्टिकोण अपनाउने भन्ने बारेमा केही विचार प्राप्त गर्न पनि यो आवश्यक छ।
साभार गरिएको यो अध्याय तत्कालीन समयका निकै लोकप्रिय विज्ञान-इतिहासकार थोमस कुनको एउटा भनाइबाट सुरु भएको थियो:
‘कुनै व्यक्तिले के देख्छ भन्ने कुरा उसले के हेरिरहेको छ र उसको पूर्व दृश्य-वैचारिक अनुभवले उसलाई के हेर्न सिकाएको छ भन्ने दुवै कुरामा निर्भर गर्छ। यस्तो प्रशिक्षणको अभावमा विलियम जेम्सको शब्दमा भन्दा, एउटा भयंकर अन्योल मात्र हुन सक्छ।’
त्यसपछि अध्याय यसरी अगाडि बढ्यो: ‘अन्योल’ बाट बाहिर निस्कन चाहँदै, हामी शास्त्रीय मार्क्सवाद-लेनिनवादलाई प्रस्तुत र मूल्याङ्कन गर्न चाहन्छौँ, जसबाट यसलाई हाम्रो आफ्नै आधुनिक परिवेश अनुकूल बनाउन सकियोस्। तर मार्क्सवाद-लेनिनवादको कुन कुरामा हामीले ध्यान केन्द्रित गर्ने? समग्रको कुन पक्षमा जोड दिने? ती पक्षहरूलाई कुन क्रममा छलफल गर्ने? के हामीले मार्क्सवाद-लेनिनवाद वा कुनै प्रस्तावित विचारधाराको हाम्रो अध्ययनलाई सम्पूर्ण प्रयास व्यवस्थित गर्न मद्दत पुग्ने गरी प्रारम्भिक गति दिन सक्छौँ? त्यस सन्दर्भमा, सिद्धान्तहरू सामान्यतया कसरी विकसित र मूल्याङ्कन गरिन्छन् भन्ने स्पष्ट बुझाइमा पुगेर के हामी शास्त्रीय विचारधाराको अध्ययनलाई प्रेरित गर्न सक्छौँ?
त्यतिबेला मैले हाम्रो दृष्टिकोणलाई वैज्ञानिक प्रशिक्षणको सामान्य भण्डार र यस्तै मुद्दाहरूमा थोमस कुनको विश्लेषणको विस्तारमा आधारित बनाएको कुरा लेखेको थिएँ। यसको कारण ती विश्लेषणहरू सबैभन्दा बढी स्वीकृत, हाम्रो उद्देश्यका लागि सबैभन्दा उपयुक्त र उपलब्धमध्ये सबैभन्दा सही देखिन्छन्।
कुनका अनुसार प्राकृतिक विज्ञान (जस्तै भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान आदि) क्रमिक विकास र त्यसपछि क्रान्तिकारी चरणहरूको एकान्तरणमार्फत अगाडि बढ्छ। क्रमिक विकासको चरणमा विचार, विधि, विश्वास आदिको व्यापक सङ्ग्रह तिनकै आन्तरिक रूपमा निर्धारित नियमअनुसार अगाडि बढाइन्छ। यसको विपरीत, क्रान्तिकारी विकासको चरणमा त्यही ‘चेतनाको सङ्ग्रह’, वा कुनको शब्दमा त्यही ‘प्याराडाइम’ माथि प्रश्न उठाइन्छ। अन्ततः आफ्नै पूर्वकेन्द्रविन्दुभन्दा बाहिर विस्तार भएका विकासक्रमका कारण त्यसलाई अस्वीकार गरी प्रतिस्थापन गरिन्छ।
अन्ततः यस्ता समस्याहरूको चाङ लाग्छ, जसलाई प्रयोगकर्ताहरूले महत्त्वपूर्ण र कष्टकर ठान्छन्, तर तिनलाई उनीहरूको प्याराडाइमको सन्दर्भमा महत्त्वहीन रूपमा हेरिन्छ र जुनसुकै अवस्थामा पनि त्यसद्वारा समाधान गर्न असम्भव हुन्छ।
क्रमिक विकासको अवधिमा कुनले ‘सामान्य विज्ञान’ भनेको अवस्था हुन्छ। सामान्यतया स्वीकृत प्याराडाइमलाई अझ बढी परिघटनाहरूमा लागू गरिन्छ। वैज्ञानिकहरूले निरन्तरको प्रयोगद्वारा यसलाई सुधार्ने, प्रमाणित गर्ने, विस्तार गर्ने र अनुकूलन गर्ने गर्छन्। सारमा भन्दा, कुनको शब्दमा, तिनीहरू ‘पजल सल्भिङ’ मा संलग्न हुन्छन्। उनीहरू संसारलाई आफ्नो प्याराडाइमका श्रेणी र गतिशील अपेक्षाहरूमा ढाल्ने प्रयास गर्छन्। उनीहरू आफ्नो प्याराडाइमको निर्देशनअनुसार आफ्ना प्रयासहरूलाई मार्गदर्शन गर्छन्। उनीहरू समस्याहरूको समाधान खोज्न तर्फ लाग्छन्, किनभने उनीहरूको प्याराडाइमले उनीहरूलाई त्यसो गर्न निर्देशित गर्छ र समाधान खोज्न सफल हुन सकिन्छ भन्ने विश्वास दिलाउँछ। नजिकबाट हेर्दा, ऐतिहासिक रूपमा होस् वा समकालीन प्रयोगशालामा, उनीहरूको काम प्रकृतिलाई प्याराडाइमले प्रदान गरेको पूर्व-निर्मित र अपेक्षाकृत लचिलो नभएको बाकसभित्र जबरजस्ती कोच्ने प्रयास जस्तो देखिन्छ।
तर क्रमिक विकासको अवधिमा कुनै पनि प्याराडाइमले जन्माउने धेरै नयाँ समस्याहरू समाधान हुँदै जाँदा केही समस्याहरू सुल्झाउन नसकिने प्रमाणित हुन्छन्। समाधान गर्न नसकिने अन्य समस्याहरू पनि प्याराडाइमले आफ्ना प्रयोगकर्ताहरूलाई धकेल्ने क्षेत्रभन्दा बाहिर अचानक फेला पर्छन्। अन्ततः यस्ता समस्याहरूको चाङ लाग्छ, जसलाई प्रयोगकर्ताहरूले महत्त्वपूर्ण र कष्टकर ठान्छन्, तर तिनलाई उनीहरूको प्याराडाइमको सन्दर्भमा महत्त्वहीन रूपमा हेरिन्छ र जुनसुकै अवस्थामा पनि त्यसद्वारा समाधान गर्न असम्भव हुन्छ।
त्यस बिन्दुमा धेरै प्रयोगकर्ताहरू आफ्ना राम्ररी परीक्षण गरिएका विश्वासहरूप्रतिको ‘सामान्य-विज्ञान’ को आस्थाका कारण ती समस्याहरूलाई पन्छाइदिन्छन् (र प्रायः सुरुमा तिनलाई याद नै गर्दैनन्)। यद्यपि, अन्य प्रयोगकर्ताहरूले ती समस्याहरूको महत्त्व नदेखी सुखै पाउँदैनन्। सामान्य विज्ञान कुनको शब्दमा ‘सङ्कटको गतिविधि’ को अवस्थामा पुग्दा उनीहरू आफ्ना प्याराडाइमलाई परिवर्तन गर्ने प्रयास गर्न थाल्छन्।
सङ्कटको समाधान नयाँ प्याराडाइमले पुरानोलाई प्रतिस्थापन गरेपछि मात्र हुन्छ। यस्तो समाधान अघि एक सेटको विश्वास, अवधारणा र विधिको आधारमा यथार्थलाई हेर्ने वैज्ञानिकले पछि अर्कै सेटबाट हेर्न थाल्छ। प्रयोगकर्ताहरूको विश्व दृष्टिकोण नै परिवर्तन हुन्छ। तर सङ्क्रमणकालमा पुरानो र नयाँ बिचको बहस प्रायः अत्यन्तै आवेगपूर्ण र अन्योलग्रस्त हुन्छ। प्रत्येक पक्षले मुद्दाहरूलाई फरक ढङ्गले हेर्छ। एकापक्षले आफ्नो प्याराडाइमको पक्षमा महत्त्वपूर्ण प्रमाण मानेको कुरालाई अर्को पक्षले अप्रासङ्गिक ठान्छ र अर्को पक्षको हकमा पनि त्यस्तै हुन्छ। यति हुँदाहुँदै पनि बिस्तारै नयाँ प्याराडाइम र त्यसपछि नयाँ सामान्य विज्ञानतर्फ सङ्क्रमण हुन्छ।
कठोर विज्ञानबाट सामाजिक विज्ञानतर्फ सर्दा विवरणहरू परिवर्तन हुन्छन्, तापनि कुनको मोडल कम्तीमा मोटामोटी रूपमा लागू हुन सक्छ।
म यहाँ थप्न चाहन्छु, साठीको दशकका समस्याहरूप्रति त्यतिबेला (र अहिले पनि) मेरो प्रतिक्रिया के थियो भने हाम्रा प्रयासहरूलाई गम्भीर रूपमा हानि पुर्याउने समस्याहरूलाई रोक्न हाम्रो सोच्ने, मूल्याङ्कन गर्ने र काम गर्ने तरिका अपर्याप्त थिए। फलस्वरूप, हामीलाई नयाँ प्याराडाइम वा विचारधाराको आवश्यकता छ भन्ने मलाई लाग्यो। त्यो महसुस सही थियो वा थिएन भनेर निर्णय गर्ने तरिका त्यतिबेला उपलब्ध प्याराडाइमहरूको आलोचनात्मक विचार गर्नु हो भन्ने मेरो सोचाइ थियो। अर्को विकल्प भनेको कतिपयले गरेजस्तै तीमध्ये कुनै एउटामा पूर्ण रूपमा समर्पित हुनु थियो, वा अरू केहीले जस्तै हामीलाई साझा दृष्टिकोण र रणनीतिको आवश्यकता नै छैन भन्ने निर्णय गर्नु थियो। त्यसको साटो म र मजस्ता केहीले आलोचनात्मक मूल्याङ्कनको बाटो रोज्यौँ, र यसरी ‘ह्वाट इज टु बि अनडन’ को जन्म भयो।
कठोर विज्ञानबाट सामाजिक विज्ञानतर्फ सर्दा विवरणहरू परिवर्तन हुन्छन्, तापनि कुनको मोडल कम्तीमा मोटामोटी रूपमा लागू हुन सक्छ। तसर्थ संसारलाई परिवर्तन गर्नका लागि यसलाई बुझ्न खोज्ने ‘क्रान्तिलाई सघाउने विज्ञान’ को सन्दर्भमा प्याराडाइमको अर्थ विचारधारा हुन्थ्यो; विचारधाराको अर्थ सिद्धान्त, रणनीति र अभ्यास हुन्थ्यो; अनि शास्त्रीय विचारधाराको अर्थ मार्क्सवाद-लेनिनवाद, अराजकतावाद वा माओवाद हुन्थ्यो।
अध्याय यसरी अगाडि बढ्यो: कुनको मोडललाई हाम्रो विषयमा लागू गर्न तीनवटा प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। पहिलो, क्रान्तिकारी प्याराडाइम र यसका प्रत्येक भागको उद्देश्य के हो? दोस्रो, तिनका सबलता र दुर्बलताका सम्भावित जडहरूसहित ती भागहरू विस्तृत रूपमा के-के हुन्? अनि तेस्रो, ती भागहरूले कसरी अन्तरसम्बन्ध राखेर एउटा सिङ्गो रूप निर्माण गर्छन् र त्यस समग्रताको विशिष्ट गतिशीलता के हो? कुनै पनि विचारधाराको हकमा, के तिनले हाम्रो लागि काम गर्छन्, वा हामीलाई असफल बनाउँछन्?
कुनले आफ्नो अध्ययन केन्द्रित गर्ने प्रकारको भौतिकशास्त्रको प्याराडाइमले यसका प्रयोगकर्ताहरूलाई वास्तविक भौतिक संसारको बारेमा जानकारी दिन्छ र उनीहरूलाई यसलाई बुझ्ने र प्रभाव पार्ने तरिकाहरू प्रदान गर्छ। यसले विधि र चासोका दिशाहरू दिएर उनीहरूका प्रयासहरूलाई मार्गदर्शन गर्छ। त्यसैगरी ‘क्रान्तिलाई सघाउने’ प्याराडाइम वा विचारधाराले आफ्ना पक्षधरहरूलाई सामाजिक-राजनीतिक-आर्थिक संसारको बारेमा जानकारी दिन्छ, उनीहरूलाई त्यो संसार बुझ्ने र प्रभाव पार्ने तरिकाहरू प्रदान गर्छ, र विधि तथा चासोका क्षेत्रहरू उपलब्ध गराएर उनीहरूका प्रयासहरूलाई मार्गदर्शन गर्छ।
प्रत्येक प्रकारको प्याराडाइमले आफ्ना प्रयोगकर्ताहरूका लागि लगभग उस्तै काम गरेको देखिए तापनि प्राकृतिक विज्ञान र सामाजिक ‘क्रान्तिलाई सघाउने’ यी दुई प्रकारका प्याराडाइमका अन्तिम उद्देश्यहरू भने एकअर्काभन्दा केही फरक छन्। भौतिकशास्त्रको प्याराडाइममा अन्तिम जोड ज्ञानमा हुन्छ। ‘क्रान्तिलाई सघाउने’ प्याराडाइममा अन्तिम जोड परिवर्तनमा हुन्छ।
क्रान्तिकारी सन्दर्भमा सामान्य विज्ञान भनेको त्यो प्रक्रिया हो, जसअनुसार उदाहरणका लागि मार्क्सवादी-लेनिनवादी, अराजकतावादी वा माओवादीहरूले संसारको अध्ययन गर्छन् र आफ्नो विचारधाराको निर्देशनअनुसार अभ्यासमा संलग्न हुन्छन्।
भौतिकशास्त्री र सामाजिक क्रान्तिकारी दुवैका लागि ज्ञान र गतिविधिले एकअर्कालाई सघाउनुपर्ने हुन्छ। प्रत्येकले अर्कोलाई सुधार्ने दिशानिर्देश र तरिकाहरू प्रदान गर्नुपर्छ। यति हुँदाहुँदै पनि अन्तिम विश्लेषणमा, भौतिकशास्त्रीले ज्ञान बढाउनका लागि प्रयोग गर्छ; जबकि क्रान्तिकारीले प्रयोग अर्थात् सङ्घर्षलाई अगाडि बढाउन ज्ञानको उपयोग गर्छ।
यहाँ सिद्धान्त र अभ्यासका प्राथमिकताहरूको एउटा महत्त्वपूर्ण उल्टोपन छ। यसैले सामाजिक-राजनीतिक प्याराडाइम विकासको कुनियन विश्लेषणलाई जटिल बनाउँछ। ‘क्रान्तिकारी प्याराडाइमको उद्देश्य के हो?’ भन्ने प्रश्नको उत्तर दिन र क्रान्तिकारी सिद्धान्त, रणनीति र अभ्यासका उद्देश्यहरूको थप विस्तृत विश्लेषणमा पुग्न यस कुरालाई पहिचान गर्नैपर्छ।
क्रान्तिकारी सन्दर्भमा सामान्य विज्ञान भनेको त्यो प्रक्रिया हो, जसअनुसार उदाहरणका लागि मार्क्सवादी-लेनिनवादी, अराजकतावादी वा माओवादीहरूले संसारको अध्ययन गर्छन् र आफ्नो विचारधाराको निर्देशनअनुसार अभ्यासमा संलग्न हुन्छन्। तसर्थ प्रत्येक समूहले कुराहरूलाई अरूभन्दा अलि फरक ढङ्गले हेर्छ, केही फरक प्राथमिकताहरू प्रयोग गर्छ, इत्यादि। तर कम्तीमा सामान्य रूपमा काम गरिरहँदा प्रत्येक समूह आन्तरिक रूपमा सङ्गत तरिकाले निरन्तर र शान्त रूपमा अगाडि बढ्छ।
सामान्य रूपमा काम गर्ने कठोर विज्ञानका वैज्ञानिकलाई जस्तै, दैनिक सामान्य क्रान्तिकारी अभ्यासले निकै कम मात्र आश्चर्यहरूको सामना गर्छ र यो मूलतः अपेक्षित र पूर्वनिर्धारित तरिकामा हुने ‘पजल सल्भिङ’ (र गर्ने) गतिशीलता हो। अर्कोतर्फ, सङ्कटकालीन क्रान्तिकारी अभ्यास भनेको त्यो प्रक्रिया हो, जसद्वारा प्रतिस्पर्धी प्याराडाइम वा विचारधाराहरूले सामाजिक प्रभुत्वका लागि एकअर्कासँग र गैर-क्रान्तिकारी विकल्पहरूसँग सङ्घर्ष गर्छन्। उनीहरू एकअर्काका मान्यताहरूमाथि बहस गर्छन्। (अतिरिक्त स्वार्थ जोडिएका कारण) कठोर विज्ञानहरूमा भन्दा पनि बढी यो बहस अत्यन्तै जटिल र हिंस्रक समेत हुन्छ, जहाँ कुनै पनि पक्षले अर्को पक्षको सूत्रीकरणलाई खासै मान्यता दिँदैन। यसको समाधान भनेको कुनै एउटा क्रान्तिकारी प्याराडाइमले अन्य सबैमाथि लगभग पूर्ण प्रभुत्व जमाउन सफल हुनु हो।
यद्यपि, यस अन्वेषणको उद्देश्यका लागि हामी यस्तै एउटा समाधान दाबी गरेर सुरु गर्छौँ, जसमा शास्त्रीय मार्क्सवाद-लेनिनवादलाई यस्तो केन्द्रबिन्दु मानिन्छ जसको वरिपरि सामान्य गतिविधिहरू अगाडि बढ्छन्। पछि, शास्त्रीय मार्क्सवाद-लेनिनवादलाई एक मात्र वैचारिक सम्भावना मानेर व्यवहार गरेपछि, हामी अराजकतावाद, माओवाद र केही समकालीन नव-मार्क्सवादी दृष्टिकोणहरूको अस्तित्वलाई स्वीकार गर्छौँ र तिनलाई पनि विचार गर्छौँ।
हाम्रो अध्ययनको राम्रो परिणाम भनेको या त शास्त्रीय प्याराडाइमले अन्ततः हाम्रा समस्याहरू कसरी समाधान गर्न सक्छ भन्ने कुराको पहिचान हुनु हो, या त यसले किन सक्दैन र परिमार्जित नयाँ प्याराडाइमले कसरी गर्न सक्छ भन्ने कुरा बुझ्नु हो।
त्यसैले अहिलेका लागि हाम्रो उपलब्ध क्रान्तिकारी प्याराडाइम भनेको शास्त्रीय मार्क्सवाद-लेनिनवाद हो। अनि हामी (वा कम्तीमा म, १९७० को दशकको सुरुतिर, र अहिले पनि) एउटा निश्चित सङ्कट महसुस गर्छौँ। यसले महत्त्व नदिने र सम्बन्धित चिन्ताहरू समाधान गर्न मद्दत नगर्ने ‘असामान्य समस्याहरू’ उपयोगिता, जातिवाद, लिङ्गभेद, अधिकार, समाजीकरणको गतिशीलता, चेतना र सामान्य दैनिक गतिविधिबिचको सम्बन्ध, सामाजिक तथा आन्दोलनका सम्बन्धहरू र मानिसका चेतना आवश्यकता तथा भावनाहरूबिचको गतिशीलता, नोकरशाहीको प्रकृति, स्थानीय परिस्थितिहरू बुझ्ने र स्थानीय रणनीतिहरूको विश्लेषण गर्ने मानिसहरूको क्षमता, र हामीले खोजेको कुरा वा दृष्टिकोण तय गर्ने वरिपरि घुम्छन्। यो एउटा लामो सूची हो। तसर्थ, आजका महत्त्वपूर्ण क्रान्तिकारी समस्याहरूलाई सम्बोधन गर्न सक्ने शास्त्रीय मार्क्सवाद-लेनिनवादको क्षमतामा हामीले देखेको सङ्कटको अवस्थाबाट हाम्रो आलोचनात्मक अध्ययन जायज देखिन्छ।
म यहाँ थप्न चाहन्छु, साठीको दशकबाट बाहिरिँदा मैले देखेका समस्याहरू यस्तै थिए। याद रहोस्, उदीयमान परिस्थितिको वर्तमान २०२६ को एउटा व्याख्या अनुसार हामी कार्यकर्ताहरूले धेरै शास्त्रीय दृष्टिकोणहरूलाई त्याग्न छलिने, बाध्य पारिने वा प्रलोभनमा पर्ने गल्ती गर्यौँ। १९७० को दशकको सुरुतिर जस्तै अहिले पनि म त्यही दृष्टिकोणको मूल्याङ्कन गरिरहेको छु।
अध्याय अगाडि बढ्छ: हाम्रो अध्ययनको राम्रो परिणाम भनेको या त शास्त्रीय प्याराडाइमले अन्ततः हाम्रा समस्याहरू कसरी समाधान गर्न सक्छ भन्ने कुराको पहिचान हुनु हो, या त यसले किन सक्दैन र परिमार्जित नयाँ प्याराडाइमले कसरी गर्न सक्छ भन्ने कुरा बुझ्नु हो। त्यसोभए हामीले हाम्रो आलोचनात्मक अध्ययनलाई कसरी अगाडि बढाउने? शास्त्रीय मार्क्सवादी-लेनिनवादी विचारको संरचनालाई हामीले कुन क्रममा हेर्नुपर्छ? हामीले कुन कुरामा जोड दिने र कुन कुरालाई सरसर्ती मात्र हेर्ने?
यसको उत्तर दिन कुनै पनि क्रान्तिकारी प्याराडाइमका तीन घटक भागहरू: सिद्धान्त, रणनीति र अभ्यासको आन्तरिक सम्बन्धको राम्रो बुझाइ आवश्यक पर्छ। यस्तो बुझाइले समग्रको कमजोरी कहाँबाट उत्पन्न हुन्छ भनी सजिलै पत्ता लगाउने उद्देश्यका साथ प्रत्येक भागको अध्ययन कसरी गर्ने भन्ने कुरा हामीलाई बताउनेछ।
त्यसोभए, पहिलो, सिद्धान्त भनेका के हुन्, तिनको निर्माण र प्रयोग कसरी गरिन्छ, तिनका सबलता र दुर्बलताका केन्द्रहरू के हुन्? अनि विशेषगरी तिनलाई र तिनको सम्पूर्ण मूल प्याराडाइमलाई मूल्याङ्कन गर्ने र सायद उखेलेर फाल्ने लक्ष्य राख्दा तिनको अध्ययन कसरी सबैभन्दा प्रभावकारी रूपमा गर्न सकिएला?
सिद्धान्त भनेका विचारहरूको सङ्ग्रह हुन्, जसलाई मानिसहरूले आफूले सामना गर्ने यथार्थहरू बुझ्न प्रयोग गर्छन्। सिद्धान्तको एउटा भागले यथार्थका तत्त्वहरूको वर्णन गर्छ भने अर्को भागले ती तत्त्वहरू कसरी अन्तरक्रिया गर्छन् भन्ने कुरा गर्छ। यस पछिल्लो भागले ती तत्त्वहरूले फरक-फरक परिस्थितिमा कसरी काम गर्छन् भन्ने बारेमा भविष्यवाणी गर्न मद्दत गर्छ। कुनै महत्त्वपूर्ण तत्त्वलाई छोड्नुभयो वा गलत बुझ्नुभयो भने तपाईंले त्यसका अत्यन्तै महत्त्वपूर्ण हुन सक्ने प्रभावहरूलाई छुटाउनुहुनेछ।
सामाजिक विज्ञानमा अमूर्तताको वैध उद्देश्य वास्तविक संसारबाट टाढा जानु कहिल्यै हुँदैन, बरु गहन अनुसन्धानका लागि वास्तविक संसारका निश्चित पक्षहरूलाई अलग गर्नु हो।
सामाजिक सिद्धान्तहरूले मानिस र संस्थाहरूको यथार्थलाई सङ्केत गर्छन्, तर यी अनिवार्य रूपमा अमूर्त हुन्छन्: तिनले आफ्नो सन्दर्भ प्रणालीका सबै कुरामा ध्यान केन्द्रित नगरी महत्त्वपूर्ण मानिएका भागहरूमा मात्र ध्यान दिन्छन्। तसर्थ सामाजिक सिद्धान्त निर्माणमा ‘कुन कुरा महत्त्वपूर्ण हो’ र छलफलमा समावेश गरिन्छ अनि ‘कुन कुरा महत्त्वहीन हो’ र हटाइन्छ भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण प्रश्न बन्छन्।
म यहाँ थप्न चाहन्छु, त्यतिबेलाको मार्क्सवादी मन्थ्ली रिभ्यु प्रेसका प्रमुख व्यक्तित्व रहेका पल स्वीजीले लेखेका थिए:
‘सामाजिक विज्ञानमा अमूर्तताको वैध उद्देश्य वास्तविक संसारबाट टाढा जानु कहिल्यै हुँदैन, बरु गहन अनुसन्धानका लागि वास्तविक संसारका निश्चित पक्षहरूलाई अलग गर्नु हो। तसर्थ, हामी उच्च स्तरको अमूर्ततामा काम गरिरहेका छौँ भन्नुको अर्थ हामी यथार्थका अपेक्षाकृत थोरै पक्षहरूसँग काम गरिरहेका छौँ भन्ने हुन्छ; हामीले काम गरिरहेका ती पक्षहरू ऐतिहासिक अनुसन्धान र तथ्यात्मक दृष्टान्तका लागि सक्षम छैनन् भन्ने हाम्रो आशय कदापि होइन।’
यसरी हामीले सिद्धान्त निर्माणका लागि हाम्रो पहिलो मार्गनिर्देशन प्राप्त गर्छौँ: स्पष्टता, सङ्क्षिप्तता र उपयोगिताका लागि महत्त्वहीन सबै कुरालाई हटाउनुपर्छ; तर शुद्धता र समग्रताका लागि महत्त्वपूर्ण सबै कुरा समावेश गर्नुपर्छ। आवश्यक पर्ने कुनै पनि कुरालाई विचार गर्नबाट नछुटाइएको सुनिश्चित गर्दै अनावश्यक कुराहरूलाई अलग गर्नुपर्छ।
यसले एउटा समस्या खडा गर्छ। समग्र कुराको व्याख्या गर्ने सिद्धान्त हुनुअघि कुन कुरा आवश्यक छ भनेर कसरी निर्धारण गर्ने? यस समस्या समाधानको बुद्धिमानीपूर्ण तरिका भनेको सावधानी अपनाउनु र आफ्नो बुझाइ अझ बढी पूर्ण हुँदै जाँदा आफ्ना दृष्टिकोणहरूलाई बारम्बार पुनर्गठन गर्ने लचिलो तत्परता राख्नु हो। यस समस्या समाधानको आत्मपरक र स्पष्ट रूपमा त्रुटिपूर्ण तरिका भनेको स्वार्थपूर्ण अनुमानका आधारमा के महत्त्वपूर्ण छ भनी निर्धारण गर्नु र त्यसपछि त्यसलाई सच्याउनुको साटो सबै कुरालाई त्यही पहिलो निर्धारण अनुकूल हुने गरी बङ्ग्याउनु हो।
उदाहरणका लागि: एउटा कारखाना मालिकले व्यापारको निश्चित सामाजिक आर्थिक सिद्धान्तअनुसार आफ्नो उद्यम चलाउँछ। व्यापारमा राम्रो उत्पादन हुन्छ, नाफा लगातार बढ्छ, उसको व्यापारिक जीवन योजनाअनुसार चल्छ, र ऊ समग्र अवस्थासँग पर्याप्त सन्तुष्ट हुन्छ। उसले आफ्ना कर्मचारीहरूको जीवनमा, वा उनीहरूका परिवारमा, वा पर्यावरणमा, वा उपभोक्ताहरूमा आफ्नो कारखानाले पारेको प्रभावलाई सायदै ध्यान दिन्छ। उसको सिद्धान्तले ती सबै कुरालाई धमिलो बनाउँछ र प्रभावकारी रूपमा उसको चेतनाबाट (कुनै कुराले उसको नाफालाई खतरामा नपारेसम्म) ती सबैलाई हटाउँछ। फलस्वरूप उसको नाफाखोरीको मूल्य अरूले चुकाउँछन्, जबकि ऊ जीवनका आफ्ना बिजनेस स्कुलका सिद्धान्तहरूको अमूर्तता बाहिर हुने सबै कुराबाट बेखबर रहन्छ।
यद्यपि सङ्कीर्ण सिद्धान्तहरू प्रायः पूर्ण देखिन्छन् किनभने आफूले समावेश गरेका तत्त्वहरूको सन्दर्भमा ती तार्किक रूपमा बलिया हुन्छन्। तिनले प्रयोगकर्ताहरूको ध्यान त्यसपछि आउने त्रुटिपूर्ण परिणामहरूबाट अन्तै मोडेर तिनमा समावेश नभएका कुराहरूलाई बेवास्ता गर्न बाध्य पार्छन्।
त्यसपछि उसका कामदारहरूले हड्ताल गर्छन् र उसले आफ्नो हिसाबकिताबमा तलबको सन्दर्भ समावेश गरेर आफ्ना दृष्टिकोणहरू केही हदसम्म परिवर्तन गर्छ। कामदारहरूमा पर्ने प्रभावको बारेमा होइन, केवल उसको नाफा र त्यसलाई सङ्कलन गरिरहने उसको क्षमताको बारेमा। त्यसपछि उपभोक्ताहरूले विरोध गर्छन् र पर्यावरणविद्हरूले कोलाहल मच्चाउँछन्, अनि फेरि उसले आफ्नो नाफा र शक्तिमा पर्ने प्रभावले ध्यान खिचेको हदसम्म मात्र आफ्ना सिद्धान्तहरूलाई अनुकूल बनाउँछ।
हाम्रो पुँजीपतिको व्यवहारको पाठ तुलनात्मक रूपमा स्पष्ट छ। सामाजिक सिद्धान्तहरू प्रायः स्वार्थपूर्ण इच्छाहरूमा जरा गाडेका हुन्छन्। त्यसभन्दा बाहिर ती प्रायः अन्धा हुन्छन्, तापनि तिनका प्रयोगकर्ताहरूले आफ्ना सिद्धान्तहरू साँघुरो नभई पूर्ण भएको विश्वास आफैँलाई दिलाउँछन्। उनीहरू यो स्वार्थपूर्ण आत्म-छलबाट सजिलै उम्कन्छन्, किनभने उनीहरूको सिद्धान्तको सङ्कीर्णताले दृष्टिबाट लुकाउने काम गरिदिन्छ। एक अर्थमा ती आफ्नै अनुपस्थित तत्त्वहरूको पछाडि लुक्छन्।
यद्यपि सङ्कीर्ण सिद्धान्तहरू प्रायः पूर्ण देखिन्छन् किनभने आफूले समावेश गरेका तत्त्वहरूको सन्दर्भमा ती तार्किक रूपमा बलिया हुन्छन्। तिनले प्रयोगकर्ताहरूको ध्यान त्यसपछि आउने त्रुटिपूर्ण परिणामहरूबाट अन्तै मोडेर तिनमा समावेश नभएका कुराहरूलाई बेवास्ता गर्न बाध्य पार्छन्। सङ्कीर्ण सिद्धान्तहरू आफ्ना अनुयायीहरूलाई राम्रो लाग्छ, किनभने त्रुटिपूर्ण सबै कुरालाई रोक्न विशेष रूपमा अनुकूलित आफैँले बनाएका आँखाका पट्टिमार्फत तिनलाई हेरिएको हुन्छ।
यी सबै कुरा पुँजीपतिहरूलाई जस्तै वामपन्थीहरूलाई पनि लागू हुन सक्छ। क्रान्तिकारीहरूले सङ्कीर्ण सिद्धान्त प्रयोग गर्दा उनीहरूले पनि कार्यान्वयनका प्रभावहरूको सम्पूर्ण दायराका निश्चित सान्दर्भिक पक्षहरूलाई बेवास्ता गर्ने आंशिक रूपमा प्रत्युत्पादक कार्यक्रमहरू सिर्जना गर्ने अपेक्षा गर्न सकिन्छ। सङ्कीर्ण सोच भएका क्रान्तिकारीहरूले (त्यस सन्दर्भमा) सङ्कीर्ण सोच भएका पुँजीपतिहरूसँग मिल्दोजुल्दो काम गर्छन्। उनीहरू पनि आफ्ना वरपरका यथार्थहरूप्रति अन्धो हुँदै आफ्ना गल्तीहरू दोहोर्याइरहन्छन्, किनभने उनीहरूका सिद्धान्तले उनीहरूको दृष्टिकोणलाई त्यसैगरी सीमित गर्छन्।
म यहाँ थप्न चाहन्छु: यो पढ्दै गर्दा मलाई शङ्का लाग्छ, सायद त्यतिबेला पनि मेरो दिमागमा त्यो कुरा लुकेको थियो, जुन केही समयपछि मेरो केन्द्रीय ध्यानको विषय बन्यो र रहिरह्यो। त्यो कुरा भनेको शास्त्रीय विचारधारामा विकृत वर्गीय अवधारणाहरू समावेश थिए, जसले श्रम र पुँजीबिचको तेस्रो वर्गको अस्तित्वलाई बेवास्ता र ओझेलमा पारेको थियो... वा सायद विचारधारामा हुन सक्ने त्रुटिका प्रकारहरूबारे पूर्व जागरूकताका कारण पछि म त्यो पहिचानमा पुगेको हुँ।
तर एकदमै गहिरो जटिलतामा गएर बुझ्नु मात्र पनि कहिल्यै पर्याप्त हुँदैन; मानिस प्रभाव पार्न पनि चाहन्छ। लक्ष्य र सामान्य सैद्धान्तिक बुझाइ भएका मार्क्सवादी-लेनिनवादीहरूले कम वा बढी विस्तृत कार्ययोजना वा रणनीति बनाउँछन्।
जे होस्, ‘ह्वाट इज टु बि अनडन’ को अध्याय यसरी अगाडि बढ्यो: त्यसैले सिद्धान्तहरू कम्तीमा दुई फरक तरिकाले कमजोर हुन सक्छन्। पहिलो, तिनमा महत्त्वपूर्ण यथार्थहरूको अशुद्ध वा अपूर्ण विवरण हुन सक्छ। तिनले महत्त्वपूर्ण तत्त्वहरूमध्ये केहीलाई मात्र समावेश गर्छन्, सबैलाई होइन। दोस्रो, महत्त्वपूर्ण यथार्थहरूले अन्तरक्रिया गर्ने तरिकाहरूका बारेमा तिनको बुझाइ गलत हुन सक्छ। तिनले आफूले सामना गर्ने विकल्पहरूका केही परिणामहरू मात्र देख्छन्, सबै होइन।
तसर्थ सामाजिक सिद्धान्त सामाजिक यथार्थसँग सकेसम्म नजिकबाट मिल्दोजुल्दो हुनुपर्छ र यसको तालमेल नमिलेका सबै कुरा प्रयोगकर्ताहरूले राम्ररी बुझेको हुनुपर्छ। यसका सकारात्मक दाबीहरू र यसका अमूर्तताहरू समान रूपमा न्यायोचित हुनुपर्छ। सामाजिक सिद्धान्त निर्माण गर्न हामीले यी अन्तरदृष्टिहरूको प्रकाशमा हाम्रा प्रयासहरूलाई व्यवस्थित गर्ने कोसिस गर्नुपर्छ। कुनै सिद्धान्तको आलोचना गर्दा पनि हामी त्यसै गरेर लाभ लिन सक्छौँ।
हामी सामाजिक यथार्थ र सामाजिक अन्तरक्रियाहरूका बारेमा शास्त्रीय मार्क्सवाद-लेनिनवादका दृष्टिकोणहरूको विवरण प्रस्तुत गर्नेछौँ। हामी यसको सिद्धान्त र यसका प्रयोगकर्ताहरूबिचको सम्बन्धको परीक्षण गर्नेछौँ, र हामी यसका सबै प्रकारका अमूर्तताहरूको शुद्धता र औचित्यलाई विचार गर्नेछौँ।
तर एकदमै गहिरो जटिलतामा गएर बुझ्नु मात्र पनि कहिल्यै पर्याप्त हुँदैन; मानिस प्रभाव पार्न पनि चाहन्छ। लक्ष्य र सामान्य सैद्धान्तिक बुझाइ भएका मार्क्सवादी-लेनिनवादीहरूले कम वा बढी विस्तृत कार्ययोजना वा रणनीति बनाउँछन्। मार्क्सवादी-लेनिनवादी प्याराडाइमको विश्लेषण गर्ने पूर्ण योजना बनाउन हामीले यसको रणनीतिक पक्षहरूलाई कसरी हेर्नुपर्छ भन्ने कुरा पनि जान्नैपर्छ।
रणनीतिहरूले हामीलाई इच्छित लक्ष्यतर्फ मार्गदर्शन गर्छन्। ती सिद्धान्तबाट कत्तिको राम्ररी प्राप्त भएका छन्, तिनले हामीलाई हामी पुग्न चाहेको ठाउँमा पुर्याउँछन् वा पुर्याउँदैनन्, अनि तिनले ‘खर्च’ र पार्श्व जटिलताहरूलाई न्यूनीकरण गर्छन् वा गर्दैनन्? रणनीतिहरू मूल्याङ्कन गर्ने मापदण्डहरू यिनै हुन् र निश्चित रूपमा तिनलाई लागू गर्न पर्याप्त सजिलो छ, कम्तीमा यदि कोही विशिष्ट घटनाहरूमा पक्षपाती वा गलत जानकारी भएको सहभागी नभई एक वस्तुगत र राम्रो जानकारी भएको मूल्याङ्कनकर्ता हो भने।
प्रयोगकर्ताहरूले आफूले काम गरिरहेका प्रणालीका गुणहरू, आफूले खोजिरहेका लक्ष्यहरू र प्रयोग गरिरहेका उपकरणहरूका बारेमा जति बढी सिक्दै जान्छन्, रणनीतिहरू अस्पष्टताबाट स्पष्टतातर्फ त्यति नै सर्दै जान्छन्।
उदाहरणका लागि, कम्युनिस्टलाई यातायातका समस्याहरूप्रतिको पुँजीपतिको दृष्टिकोण मूर्खतापूर्ण लाग्छ, किनभने यसले समाधान गर्ने लक्ष्य राखेको भनिएका समस्याहरूभन्दा श्रमजीवी वर्गका लागि अझ ठूला समस्याहरू खडा गरिदिन्छ। कम्युनिस्टको विचारमा पुँजीवादी रणनीति कमजोर हुन्छ र कम्तीमा केही अवस्थामा पुँजीवादी सिद्धान्त स्वार्थपूर्ण रूपमा सङ्कीर्ण रहेको भन्दै उसले यसको व्याख्या गर्छ।
सिक्काको अर्को पाटोमा, पुँजीपतिले कम्युनिस्ट रणनीतिलाई हास्यास्पद भन्छ, किनभने यसले केही सामाजिक अपर्याप्तताहरू समाधान गरिहाले पनि कहिल्यै फिर्ता पाउन नसकिने मानव स्वतन्त्रता गुमाउनुपर्ने अति ठूलो मूल्यमा त्यसो गर्छ, तर उसको आशय भने गुमेको नाफा हो। यहाँ पनि चतुर पुँजीपतिले कथित समस्याको जड सिद्धान्तका प्रयोगकर्ताहरूको असक्षमतामा नभई स्वार्थपूर्ण रूपमा सङ्कीर्ण अधिनायकवादी सिद्धान्तमा भेट्टाउने सम्भावना हुन्छ।
प्रयोगकर्ताहरूले आफूले काम गरिरहेका प्रणालीका गुणहरू, आफूले खोजिरहेका लक्ष्यहरू र प्रयोग गरिरहेका उपकरणहरूका बारेमा जति बढी सिक्दै जान्छन्, रणनीतिहरू अस्पष्टताबाट स्पष्टतातर्फ त्यति नै सर्दै जान्छन्। रणनीति सिद्धान्तबाट निस्कन्छ। सिद्धान्त जति व्यापक हुन्छ, रणनीति त्यति नै सम्भावित रूपमा सटीक हुन्छ। सिद्धान्त जति अपूर्ण हुन्छ, रणनीति त्यति नै अस्पष्ट हुन्छ र निरन्तर सुधारको आवश्यकता झनै बढी हुन्छ।
त्यसैले रणनीतिहरूको विश्लेषण गर्नु भनेको मूलतः ती लागू गरिएका परिवेशमा साँच्चै उपयुक्त छन् वा छैनन् र तिनले कथित रूपमा खोजिरहेका लक्ष्यहरूमा निरन्तर रूपमा निशाना लगाइरहेका छन् वा छैनन् भनी हेर्ने समस्या हो। कुनै सिद्धान्तका सबलता र दुर्बलताको बुझाइलाई त्यसको अनुकूल र त्यसैगरी शक्तिशाली वा पीडित रणनीतिको स्तरमा अनुवाद गर्दा समस्या आउँछ।
त्यसोभए कार्यनीति (ट्याक्टिक्स) र अभ्यास (प्राक्टिस) को कुरा के हो त? अभ्यास वामपन्थीहरूको मनपर्ने शब्द हो, जसलाई प्रायः आफ्नो वातावरण परिवर्तन गर्न खोज्ने र फलस्वरूप त्यही वातावरणबाट आफू पनि परिवर्तन हुने मानिसका गतिविधिहरूको सन्दर्भमा प्रयोग गरिन्छ। कार्यनीति, अर्को धेरै प्रयोग हुने शब्द हो। यो अभ्यास गर्ने यस्ता सु-परिभाषित तरिकाहरू हुन्, जुन लगभग उस्तै परिस्थिति उत्पन्न हुँदा बारम्बार प्रयोगमा आउँछन्। त्यसैले यहाँ सैन्य कार्यनीति, रेस कार चलाउने कार्यनीति, चिकित्सा कार्यनीति, व्यापार कार्यनीति, उत्पादन लाइन कार्यनीति, साहित्यिक कार्यनीति र क्रान्तिकारी कार्यनीतिहरू हुन्छन्। धेरैजसो अभ्यास भनेको ठोस परिस्थितिहरूमा उपलब्ध कार्यनीतिहरूका विभिन्न रूपको प्रयोग मात्र हो।
रणनीतिक निर्देशनहरू पूरा गर्ने तरिकाका कारण कार्यनीतिहरू छनोट गरिन्छन्। रणनीति नभएको अवस्थामा कार्यनीति अनुमानमा परिणत हुन्छ र अभ्यास समस्याग्रस्त भई प्रभावहीन बन्न पुग्छ। रणनीतिले कार्यनीतिलाई प्रभाव पार्छ र कार्यनीतिले रणनीतिलाई। रणनीतिले कार्यनीतिको तर्कसङ्गत छनोट गर्न अनुमति दिन्छ भने उपलब्ध कार्यनीतिको ज्ञानले सबैभन्दा किफायती रणनीतिहरूको तर्जुमा गर्न मद्दत गर्छ।
दुई सैन्य रणनीतिकारहरूको विचार गर्नुहोस्। बाधाहरू र लक्ष्यको सामना गर्नुपर्दा प्रभावकारी रणनीतिकारलाई उपलब्ध कार्यनीतिहरू थाहा हुन्छ र उनीहरूसँग सम्पूर्ण परिस्थिति बुझ्ने र छनोट गरिएका विभिन्न कार्यहरूले यसमा पार्ने फरक-फरक प्रभावहरू बुझ्ने सिद्धान्त हुन्छ। प्रभावहीन रणनीतिकारसँग त्यो हुँदैन।
प्रभावकारी रणनीतिकारले सबै महत्त्वपूर्ण कारकहरूको पूर्ण बुझाइमा आधारित रणनीति बनाउँछ र यसलाई कार्यान्वयन गर्न थाल्छ, अनि यसरी सम्भावित सफलतातिर अघि बढ्छ। प्रभावहीन रणनीतिकारले सायद उपलब्ध विकल्प नै नभएका वा प्रभावहरू गलत बुझिएका कार्यनीतिहरूमा निर्भर हुने योजना बनाउँछ, वा सायद कुनै योजना नै बनाउँदैन, केवल निरर्थकता र गल्तीहरू गर्दै अन्धाधुन्ध अगाडि बढ्छ।
सैन्यकर्मीले मैदानमा अप्रत्याशित परिस्थितिको सामना गर्छ र रणनीति परिवर्तन गर्छ, वा कसैले हतियारका नयाँ रूपहरू पत्ता लगाउँछ र त्यसले सैन्य सिद्धान्तलाई अझ समृद्ध बनाउँछ।
राम्रो रणनीतिले सकेसम्म धेरै कुरा हासिल गर्न जे उपलब्ध छ त्यसैको प्रयोग गर्छ। कार्यनीतिक विकल्पहरू र तिनका सम्भावित परिणामहरूको ज्ञानले शक्तिशाली रणनीति सिर्जना गर्ने आधार प्रदान गर्छ र फलस्वरूप राम्रो रणनीतिले कुन अनुक्रममा कुन कार्यनीति वास्तवमा प्रयोग गर्ने भनी निर्णय गर्ने सामान्य मापदण्डहरू प्रदान गर्छ।
तर प्रयोगकर्तासँग अत्यधिक सटीक सिद्धान्त, कार्यनीतिको राम्रो ज्ञान र राम्रो रणनीतिक चेत हुँदाहुँदै पनि कुराहरू योजनाअनुसार नै ठ्याक्कै हुने सम्भावना कम हुन्छ। यो गल्तीको कारणले नभए पनि निश्चित रूपमा वास्तविक अभ्यासले प्रायः अप्रत्याशित विकासक्रमहरूतर्फ डोर्याउने भएकाले हुन्छ, जसले सिद्धान्त वा रणनीतिमा परिवर्तनको माग गर्दछ।
सैन्यकर्मीले मैदानमा अप्रत्याशित परिस्थितिको सामना गर्छ र रणनीति परिवर्तन गर्छ, वा कसैले हतियारका नयाँ रूपहरू पत्ता लगाउँछ र त्यसले सैन्य सिद्धान्तलाई अझ समृद्ध बनाउँछ। डाक्टर, क्रान्तिकारी, वा जुनसुकै व्यक्तिको हकमा पनि त्यस्तै हुन्छ।
सामान्यतया, सामाजिक सिद्धान्तहरू अपूर्ण हुन्छन् र धेरै जटिल ‘वस्तुहरू’ को विवरणमा निर्भर हुन्छन्। चलिरहेको सामान्य अभ्यासमार्फत पत्ता लागेका नयाँ अनुभव र अन्तरदृष्टिहरूसँग तालमेल मिलाउन तिनीहरू निरन्तर रूपमा अनुकूलन हुनुपर्छ। त्यसपछि मात्र तिनीहरू शुद्धतातर्फ अघि बढ्न सक्छन् र निरन्तर समृद्ध हुने रणनीतिका लागि आधार प्रदान गर्न सक्छन्।
सङ्क्षेपमा, रणनीतिले कार्यनीति छनोट गर्ने मापदण्ड प्रदान गर्छ। अभ्यास भनेको सिद्धान्त र रणनीतिको कार्यान्वयन र सुधार गर्ने माध्यम हो। सिद्धान्तले त्यो खाका प्रदान गर्छ जसभित्र रणनीति र कार्यनीतिले काम गर्छन्, तिनीहरूका विभिन्न सम्भावित प्रभावहरू अनुमान गर्ने माध्यम दिन्छ, र कुनै पनि सम्पूर्ण परिस्थितिका लागि कुन लक्ष्यहरू यथार्थपरक छन् भनी बुझ्ने माध्यम उपलब्ध गराउँछ।
क्रान्तिकारीहरू सामान्यतया आफ्नो समाजको सम्पूर्ण प्रकृति नै परिवर्तन गर्ने कुरामा चिन्तित हुन्छन्। आफ्नो काममा उनीहरू गल्तीको, र विशेषगरी गल्ती दोहोरिने सम्भावना सकेसम्म कम होस् भन्ने चाहन्छन्। तसर्थ उनीहरू सिद्धान्तबाट रणनीति, अभ्यास र पुनः सिद्धान्ततर्फको प्रवाहमा प्रभावकारी सुधारात्मक संयन्त्रहरू समावेश भएको हेर्न चाहन्छन्।
सिद्धान्तले विश्वदृष्टिकोण प्रदान गर्छ। दीर्घकालीन रणनीतिले गतिविधिका लागि दिशानिर्देशहरू प्रदान गर्छ।
आदर्श रूपमा क्रान्तिकारीले एउटा राम्रो सामाजिक सिद्धान्त र परिवर्तनको लागि विस्तृत लचिलो रणनीतिको साथ काम गर्छ। उसले सकेसम्म धेरै कार्यनीतिहरू (हड्ताल, बहिष्कार, संसदीय चुनावी कार्यनीति, सङ्गठित गर्ने र सञ्चार गर्ने तरिका, सविनय अवज्ञा, मार्चपास, तोडफोड, व्यवहार र जीवनशैली, आदि) र तिनको प्रयोगले विभिन्न सान्दर्भिक परिस्थितिहरूमा पार्ने प्रभावको तरिकाबारे पूर्ण बुझाइ विकास गर्छ, अनि त्यसपछि आत्म-सचेत अभ्यासमा संलग्न हुन्छ। आदर्श रूपमा क्रान्तिकारीले कार्यनीतिहरूको बारेमा धेरैभन्दा धेरै सिक्दै रणनीति र सिद्धान्तलाई थप सटीक र विषयवस्तुमा अझ समृद्ध बनाउन तिनलाई निरन्तर परिष्कृत गर्छ।
त्यसैले राम्रो क्रान्तिकारी सिद्धान्त, रणनीति र अभ्यास, वा राम्रो क्रान्तिकारी विचारधारा र अभ्यास एउटा यस्तो समग्रता हो जुन सधैँ अपूर्ण हुन्छ तर निरन्तर अगाडि बढिरहेको हुन्छ। यसका प्रत्येक पक्षले अरूको मूल्य र विकासका लागि मापदण्ड प्रदान गर्छन्।
सिद्धान्तले विश्वदृष्टिकोण प्रदान गर्छ। दीर्घकालीन रणनीतिले गतिविधिका लागि दिशानिर्देशहरू प्रदान गर्छ। हामीले खोजेको लक्ष्यसँगै सिद्धान्त र रणनीति मिलेर एउटा क्रान्तिकारी प्याराडाइम निर्माण गर्छन्, जसले क्रान्तिकारी विचार, विश्लेषण, योजना र कार्यलाई मार्गदर्शन गर्छ।
त्रुटि र जडतालाई कम गर्न यस्तो चेतना आत्म-सुधारात्मक र विकासोन्मुख हुनुपर्छ। यो स्थिर हुनु हुँदैन। आफूलाई जोगाउनका लागि मात्र परिवर्तनशील यथार्थहरूलाई तर्कसङ्गत बनाउनुको साटो परिवर्तनशील यथार्थहरूसँग अनुकूल हुन यो परिवर्तन हुनुपर्छ। यो तर्कहीन ‘धार्मिक’ नभई तर्कसङ्गत रूपमा प्रमाणीकरण गर्न सकिने हुनुपर्छ।
क्रान्तिकारी विचारधारामा कमजोरीहरू हुन सक्ने भए तापनि समयक्रमसँगै तिनलाई हटाउँदै जानुपर्छ। वास्तवमा राम्रो क्रान्तिकारी चेतनाका विधिहरूमा, र विशेषगरी यसको रणनीति र सम्बन्धित अभ्यासमा निरन्तर पुनरावृत्तिको प्रवृत्ति अन्तर्निहित हुनुपर्छ।
त्यसोभए हामीसँग के छ त? शास्त्रीय मार्क्सवाद एउटा क्रान्तिकारी सामाजिक सिद्धान्त हो र शास्त्रीय मार्क्सवाद-लेनिनवाद एउटा क्रान्तिकारी विचारधारा हो। मैले सम्पर्क गरेका लगभग सबै मार्क्सवादी-लेनिनवादी सङ्गठनहरू (त्यतिबेला सन् १९७४ मा र अहिले पनि) ले आफ्नो सामाजिक सिद्धान्त र रणनीतिलाई अपरिवर्तनीय मानेर काम गर्छन्। वास्तवमा उनीहरूले त्यही घोषित स्थायित्वबाट आफ्नो पहिचान र अधिकार प्राप्त गरेको देखिन्छ।
‘दृष्टिकोणको योजना’ को हाम्रो आवश्यकताको उत्तरको रूपमा हामी पहिले शास्त्रीय मार्क्सवादी-लेनिनवादी सिद्धान्त र लेनिनवादी रणनीति प्रस्तुत गर्नेछौँ।
यसमा रहेको स्थिरताका कारण यो एउटा निराशाजनक अवस्था हो, र यदि सिद्धान्त र रणनीति वास्तवमै त्रुटिपूर्ण छन् भने यो अझ बढी निराशाजनक हुन्छ। हाम्रो उद्देश्य शास्त्रीय मार्क्सवाद-लेनिनवादलाई सकेसम्म स्पष्ट रूपमा सूत्रबद्ध गर्नु हो, जसबाट यसको कुन भाग उपयोगी छ, कुन भाग उपयोगी छैन, र यसलाई कसरी समृद्ध वा परिवर्तन गर्न सकिन्छ भनी पत्ता लगाउन सकियोस्। यही उद्देश्य प्राप्तिका लागि हामी माओवाद र अराजकतावादका बारेमा पनि कुरा गर्नेछौँ।
(साठीको दशकको हाम्रो अनुभवबाट त्यतिबेला) तत्कालीन चेतनाका आवश्यकताहरू र सम्बन्धित तत्कालीन क्रान्तिकारी सङ्कटहरू आंशिक रूपमा नयाँ विधिहरू प्राप्त गर्ने दिशामा घुमेको कुरा हामीलाई पहिल्यै थाहा भइसकेको थियो। साथै ती सङ्कटहरू जातिवाद, लिङ्गभेद, अधिकार, चेतना र समग्र उत्प्रेरणाका नयाँ, धेरै जैविक, उपयोगी बुझाइहरूसँग पनि जोडिएका थिए। यसैकारण हामी शास्त्रीय मार्क्सवाद-लेनिनवाद, अराजकतावाद र माओवादको हाम्रो प्रस्तुतिलाई सोहीअनुरूप व्यवस्थित गर्छौँ।
हाम्रा विशेष आवश्यकताहरूमाथि सबैभन्दा बढी प्रतिविम्बित हुने पक्षहरूको चरणबद्ध रूपमा परीक्षण गर्दै हामी अगाडि बढ्छौँ। अन्ततः हाम्रा आवश्यकताहरूको सन्दर्भमा सबलता र दुर्बलताको उत्पत्ति स्पष्ट रूपमा देखिने संरचनाहरू निर्माण गर्नु यसको उद्देश्य हो।
अन्त्यमा, ‘दृष्टिकोणको योजना’ को हाम्रो आवश्यकताको उत्तरको रूपमा हामी पहिले शास्त्रीय मार्क्सवादी-लेनिनवादी सिद्धान्त र लेनिनवादी रणनीति प्रस्तुत गर्नेछौँ। त्यसपछि क्रमैसँग अभ्यास, रणनीति र सिद्धान्तको आलोचना गर्दै स्पष्टीकरणका लागि अन्तिम सारांश दिनेछौँ।
अन्त्यमा, शास्त्रीय मार्क्सवादी-लेनिनवादी प्याराडाइमको मूल्यका बारेमा केही सहमति हुनेछ भन्ने हामी आशा गर्छौँ। त्यसपछि अराजकतावादी र माओवादी विकल्पहरूमाथिको छलफलपछि, अवस्थित प्याराडाइमको वकालत गर्ने वा भविष्यको क्रान्तिकारी अभ्यासलाई अझ प्रभावकारी रूपमा मार्गदर्शन गर्न सक्ने केही नयाँ कुरा निर्माण गर्ने भन्ने विषयमा हामी कुनै सम्झौतामा पुग्नेछौँ भन्ने हाम्रो आशा छ। सत्तरीको दशकको मध्यतिर मलाई हामी ऊर्जावान तर सक्षम रूपमा पनि अगाडि बढ्न आवश्यक छ भन्ने लागेको थियो। मलाई अहिले पनि त्यस्तै लाग्छ। फिडेल क्यास्ट्रोको भनाइमा:
‘क्रान्ति गर्नु हरेक क्रान्तिकारीको कर्तव्य हो। अमेरिका र विश्वभरि क्रान्ति विजयी हुनेछ भन्ने कुरा सबैलाई थाहा छ, तर साम्राज्यवादको लास गुज्रिएर जाला भन्दै आफ्नो घरको ढोकामा पर्खेर बस्नु क्रान्तिकारीहरूको काम होइन। सहेर पर्खिबसिरहने भूमिका क्रान्तिकारीलाई सुहाउँदैन। अमेरिकाको मुक्तिलाई जति वर्षले गति दिइन्छ, त्यसको अर्थ लाखौँ बालबालिकाको जीवन बच्नु, संस्कृतिका लागि लाखौँ बौद्धिक क्षमता जोगिनु, र जनताले असीमित परिमाणको पीडाबाट मुक्ति पाउनु हुनेछ।’
यसरी मैले ‘ह्वाट इज टु बि अनडन’ को त्यो अध्याय समाप्त गरेको थिएँ।
त्यसोभए विचारधाराका बारेमा हामीले सुरु गरेका लेखहरूको शृङ्खलामा अहिले हामी कहाँ छौँ त? यस शृङ्खलाले निम्न प्रश्नहरूलाई सम्बोधन गर्न खोजेको छ: वर्तमान वामपन्थी विचारधारा ठीक छ वा त्रुटिपूर्ण? के यसलाई निरन्तर समर्थन, पूर्ण मर्मत वा प्रतिस्थापनको आवश्यकता छ?
सत्तरीको दशकको सुरुतिर ‘ह्वाट इज टु बि अनडन’ ले नयाँ वामपन्थको तत्कालीन अभ्यासलाई हेरेको थियो र त्यसमा धेरै समस्याहरू फेला पारेको थियो। त्यतिबेला एउटा प्रश्न उठ्यो, पहिले नै उपलब्ध र योग्य विकल्पबाट हामीलाई भड्काउन सक्ने प्रलोभन वा दबाबबाट बच्दै के हामीले मार्क्सवादी-लेनिनवादी, अराजकतावादी वा माओवादी अन्तरदृष्टिहरूलाई राम्ररी बुझ्ने र लागू गर्ने काम मात्र गर्नुपर्थ्यो त? के हाम्रो सोचाइ पहिले नै सही मार्गमा थियो? अर्को शब्दमा भन्दा, के हामीले सामान्य क्रान्तिकारी कामहरूलाई अझ राम्रोसँग मात्र गर्नुपर्थ्यो त?
वा आफ्ना कमजोरीहरू उजागर गर्न हामीले हाम्रा तत्कालीन विचारधाराहरूलाई नजिकबाट हेर्नुपर्थ्यो, र नयाँ विचारधारा फेला पार्न हाम्रा विचारहरूमा क्रान्ति ल्याउनुपर्थ्यो? के हामीले मरेका मानिसहरूको दिमागबाट आएका विचारहरूलाई आफ्नै टाउकोमा कसिलो गरी टाँसेर राखिराख्नुपर्थ्यो? वा हाम्रा आफ्नै अनुभवहरूसँग परामर्श गरी हाम्रो दिमागलाई नयाँ दिशा दिन आफ्ना सिद्धान्त, रणनीति र कार्यनीतिमा परिमार्जन गर्नुपर्थ्यो?
त्यसैगरी, त्यतिबेला होइन तर अहिले, के हामी शास्त्रीय मार्क्सवाद-लेनिनवाद वा अन्य पुराना विकल्पहरूतर्फ फर्कनु आवश्यक छ, वा हामीले नयाँ विचारधारा विकास गर्नुपर्छ? यो पढ्ने सबैका लागि यो प्रश्न अर्थपूर्ण छ भन्ने मलाई लाग्छ। तपाईंको झुकाव जता भए तापनि, विकल्पहरूबारे सोच्ने यस काममा तपाईंले सहयोग गर्न चाहनुहुनेछ भन्ने मेरो आशा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो मेरो अन्तिम विश्वकप हो कि होइन भन्ने कुरा मै तय गर्छु : रोनाल्डो
-
विश्वकपको अन्तिम १६ बाट बाहिरिएसँगै नेयमारले गरे संन्यासको घोषणा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
अन्तरजातीय विवाह गरेका २५ जोडी नगदसहित सम्मानित
-
नौबिसे–मलेखु सडक विस्तारको भौतिक प्रगति ६० प्रतिशत
-
चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण