राहदानी भ्रष्टाचार नियत कि नीतिगत ? फाइल हेरौँ: रास्वपा सांसद सुनार
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले राहदानी खरिद र वितरणमा देखिएका समस्याहरूको छानबिन गर्न फाइल मगाएर अध्ययन गर्नुपर्ने माग गरेका छन्।
- सांसद सुनारले राहदानी प्रकरणमा भएका निर्णयहरू नीतिगत थिए कि व्यक्तिगत नियतका कारणले भएका हुन् भन्ने स्पष्ट हुनुपर्ने र यसबाट राज्यलाई भएको क्षतिको विवरण सार्वजनिक हुनुपर्ने बताए।
- उनले विप्रेषणले चलेको देशमा राहदानी अभावले सर्वसाधारणलाई विदेश जान र नवीकरण गर्न समस्या हुनु दुःखद भएको भन्दै यस अनियमिततामा संलग्नलाई कारबाही गर्न माग गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पछिल्लो समय चर्चामा रहेको राहदानी प्रकरणको समितिले छानबिन गर्नु पर्ने माग गरेका छन्।
मङ्गलवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले राहदानी खरिद र वितरणमा देखिएका समस्याहरूको जड पत्ता लगाउन सम्बन्धित फाइलहरू मगाएर अध्ययन गर्नुपर्ने बताएका हुन्।
सांसद सुनारले भने, "बजारमा अहिले तात्तातो काण्डका रूपमा राहदानी प्रकरण आएको छ। यसमा के भएको हो, कसो भएको हो भन्ने कुराको यथार्थ बुझ्न ती फाइलहरू हामीले हेर्न पाउनुपर्छ।"
उनले राहदानी सम्बन्धमा गरिएका निर्णयहरू नीतिगत रूपमा गरिएका हुन् कि व्यक्तिगत नियतका कारण भएका हुन् भन्ने स्पष्ट हुनुपर्ने बताए। "नियत के थियो? नीतिगत रूपमा गरिएको थियो कि नियतवश गरिएको निर्णय थियो? त्यसले राज्यलाई कति हानि नोक्सानी भयो?" भन्दै उनले प्रश्न गरे।
विप्रेषण (रेमिट्यान्स) ले चलेको देशमा राहदानी अभावका कारण सर्वसाधारणले विदेश जान नपाउने र नवीकरण गर्न नपाउने अवस्था सिर्जना हुनु दुःखद भएको उनको भनाइ थियो। यस अनियमिततामा को-को संलग्न छन् भन्ने कुरा बाहिर आउनुपर्ने र लेखा समितिले यसमा सक्रियता देखाउनुपर्नेमा उनले जोड दिए।
सोही बैठकमा सांसद सुनारले संसदीय समितिहरूमा दलित समुदायको प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको विषयमा पनि प्रश्न उठाए । उनले समितिहरूमा दलित सदस्यहरूलाई देखाउनका लागि मात्र नभई महत्त्वपूर्ण जिम्मेवारीमा राख्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै
-
राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी
-
गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ
-
ओमान नजिक इरानको बारुदी सुरुङ हटाउने ट्याङ्करमाथि आक्रमण
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३५०० नाघ्यो
-
लेखा समितिमा उपसमिति गठनको विवाद, सहमति बिना बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण